भोली कर्णाली नदीमा हुने बृहत र्याफ्टिङको तयारी पुरा, ७२ वटा बोटमा मुख्यमन्त्री सहित एक हजार जानाले सँगै र्याफ्टिङ गर्ने

जेठ १८ , अत्तरिया । 
गोदावरी चेम्बर अफ कर्मस अत्तरियाको आयोजनामा भोली कर्णाली नदीमा हुने  बृहत र्याफ्टिङको तयारी पुरा भएको छ  । सम्बृद्धिका लागी पर्यटन भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक ठुलो सन्ख्यामा  डुङ्गामा एक हजार मानिसहरुलाई एकै साथ राखेर र्याप्टिङ् गराईने भएको छ । आयोजक गोदावरी चेम्बर अफ कर्मसका अध्यक्ष बिनोद मल्लले कार्यक्रमाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।  बोटहरु चिसापानी ल्याईसकेको छ,हामीले गर्ने सम्पूर्ण तयारी पुरा भएको छ उनले भने बिहान ९ बजे मुख्यमन्त्री त्रोलोचन भट्टले उदघाटन गर्नु हुन्छ, भारतबाट र काठमाण्डौबाट आउने पर्यटकहरु पनि पुगीसकेका छन । कर्णालीमा क रिब अढाई घन्टाको र्याफ्टिङ हुने अध्यक्ष  मल्लले बताए। र्याफ्टिङ गर्ने अधिकान्स नयाँ पर्यटक भएकाले सुरक्षाको पनि उचित ब्यबस्था मिलाएको उनको दाबी रहेको छ । र्याफ्टिङको लागी ७२ वटा बोटको ब्यबस्था मिलाइएको छ ।  र्याफ्टिङमा मुख्यमन्त्री लगाएत यस क्षेत्रका बिशिष्ट ब्यक्तीहरुको सहभागिता रहने भएको छ ।  कार्यक्रमको  जिल्ला समन्वय समिति कैलालीको मुख्य प्रबद्धक रहेको छ  । यस क्षेत्रका धार्मीक , सामाजिक ,सास्कृतिक बिकासका सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराट्रिय स्तरमा पहिचान गराउन कार्यक्रमको आयोजाना गरिएको गोदावरी चेम्बर अफ कर्मस ले जनाएको छ  । 

प्रतिकृया दिनुहोस

बर्षात शुरु हुने बेलामा लामितालमा २१ लाखको लगानी हुँदै

  अत्तरिया ,असार ३ ।  अत्तरिया लामिताललाई पर्यटकिय क्षेत्र बनाउने उदेश्यले असार शुरु हुन लाग्दा धमाधम काम हुन थालेको छ । गोदावरी नगरपालिकाको

कन्चनपुरमा संचालिन प्रधानमन्त्रि कृषि आधुनिकिकरण धानजोन कार्यक्रममा बिबाद

कन्चनपुर , असार ०३ । कन्चनपुरमा संचालिन  प्रधानमन्त्रि कृषि  आधुनिकिकरण धानजोन कार्यक्रममा बिबाद देखिएको छ । उक्त कार्यक्रमका अध्यक्षले आफनो मन