कर्णाली नदीमा पहिलो पटक ठुलो संख्यामा नेपाल र भारतका पर्यटकहरुले र्‍याफ्टिङ

जेठ १८ , चिसापानी । 

कैलालीको  कर्णाली नदीमा आज झन्डै ८००  जनाले एक साथ  साहसिक जलयात्रा (र्‍याफ्टिङ) गरेका छन् ।नेपाल कै सबैभन्दा ठुलो नदीमा पहिलो पटक यती ठुलो र्‍याफ्टिङ पहिलो पटक भएको हो । गोदावरी चेम्बर अफ कमर्श ले आयोजना गरेको जलयात्रााको ७ नमबर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक भब्य कार्यक्रमका बिच उदघाटन गरे ।मुख्य मन्त्री भट्टले  कर्णाली नदीमा साहसिक जलयात्राको राम्रो सम्भावना रहेको बताए । कर्णाली नदीमा जलयात्राका लागि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना प्रदेश सरकारको रहेको छ उनले भने  साहसिक जलयात्रामार्फत सात नम्बर प्रदेशको पर्यटन बिकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । जलयात्राामा सहभागी कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा हेम राज पन्तले र्‍याफ्टिङ यहाँको लागी नयाँ भएपनी यस्ता गतिबिधीले पर्यटन बिकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । कर्णाली नदीमा सुरक्षित र्‍याफ्टिङको धेरै सम्भाबना रहेछ उनले भने निजी क्षेत्रको यती ठुलो पहललाई अब सरकारले पनि दिर्घकालिन योजना बनाएर अघी बढनुपर्छ । कैलाली जिल्लामा  भ्रमण वर्ष सञ्चालन भइरहेको बेला ठुलो सन्ख्यामा  आन्तरिक र भारतीय पर्यटकहरुले जलयात्राको अनुभब लिएका हुन । गोदावरी च्याम्बर अफ कमर्श अत्तरियाका अध्यक्ष बिनोद मल्लले यस क्षेत्रको पर्यटन बिकासमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताए । सरकारीस्तरबाट हुनुपर्ने कार्यलाई निजी क्षेत्रले गरेको छ तर सरकारको तर्फबाट आफुहरुलाई सहयोग नभएको उनले गुनासो गरे । मोहन्याल  गाउँपालिका-७ कुइनेबाट सुरु भएको साहसिक जलयात्रा चिसापानीसम्म करिब २० किलोमिटर भएको थियो ।२० किलोमोटरको जलयात्रा पुरा गर्न सहभागीहरुलाई झन्डै डेढ घण्टाको समय लागेको थियो । जलयात्रामा सहभागी हुन भारतका बिभिन्न ठाउँहरुबाट एक सय जती पत्रकार र ब्यबसायीहरु सहभागी रहेका थिए । जलयात्रा दुई चरणमा गरिएको थियो । जलयात्राको लागी बोट र गाईड काठमाण्डौ र बर्दियाबाट ल्याईएको थियो । 

प्रतिकृया दिनुहोस

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना

कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित

धनगढी , साउन २० । कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । किसानहरूले आज धनगढीमा विरोध

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको अफिस स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउने गृहकार्य थलानी गर्दैछौं - पर्यटनमन्त्री रबिन्द्र अधिकारी

धनगढी ,असार ३१ ।  संघिय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको