प्रदेश नम्वर ७ स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको सुरु

जेठ १९ , धनगढी । 
प्रदेश नम्वर ७ स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनीबारदेखी  धनगढीमा सुरु भएको छ । युवा तथा खेलकूद मन्त्रालयको कार्यक्रम, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा प्रदेश नम्वर ७ स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच सामाजिक बिकास मन्त्री दिर्घ सोडारीले उदघाटन गरे ।  शनिबार र अाईतबार गरी दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशका सबै  निर्वाचन क्षेत्र, जिल्लास्तरका प्रतियोगितावाट छनोट भएका खेलाडीको सहभागिता रहेको छ ।प्रतियोगितामा  छात्रछात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराँते, र तेक्वान्दो, गरी ९ वटै जिल्लावाट ७ सय जना खेलाडी सहभागी रहेका छन ।  प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितावाट उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौँमा यही जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाईने छ । प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नम्वर ४ को राष्ट्रपति रनिङ सिल्ड, दोस्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेस्रो हुने जिल्लालाई नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र दिईनेछ ।विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र स्थानिय  प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सुदुरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेमवहादुर मल्लले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ । गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल

विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ ।   जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन

फुटबलको माहाकुम्भ आजबाट शुरु

मस्काे,जेठ ३१ ।  चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै आजबाट  रुसमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो