दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिरेन्द्र भट्टका ७ बर्षे कार्यकाल -क्याम्पसमा राजनिती गरेको प्रमाण ल्याउनुहोस जस्तोसुकै सजाए भोग्न तयार छु

जेठ १९ , अत्तरिया । 
अत्तरीयामा रहेको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसको साधारणसभा अनिश्चीत बनेको छ । बैशाख २८ गतेका लागि बोलाएको साधारण सभामा आवश्यक कोरम नपुगेपछि स्थगित भएको थियो । दुर्गालक्ष्मी बहुमुखि क्याम्पस  सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनेपछि बिश्वविद्यालयले  नया व्यवस्थापन समिति चनय गर्ने प्रकृया स्थगित गर्न लिखित पत्र दिएको व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र भट्टले जानकारि दिए । दुर्गालक्ष्मी बहुमुखि क्याम्पस बैशाख ३१ गते सुप बिश्वविद्यालयको आंगिक क्याम्पस बनेको हो । बिश्व विद्यालयका आंगिक क्याम्पसहरुमा व्यवस्थापन समिति रहने प्रचलन नभएको हुदा क्याम्पस व्यवस्थापन समिति निर्माण अवरुद्ध रहेको छ । अहिलेकै व्यवस्थापन समितिलाई काम चलाउ समितिका रुपमा कार्य गर्न विश्वविद्यालयले निर्देशन दिएको छ । काम चलाउ समितिले नया कर्मचारी राख्न नपाउने ,बढुवा सरुवा गर्न नपाउने र केहि गर्नपरे विश्वविद्यालयका अनुमति लिनुपर्ने सुझाव दिएको अध्यक्ष भट्टले बताए। समीतीको कार्यकाल माघमा सकिएको हो । माघ यता नयाँ कार्यसमिती चयन हुन नसक्नु मा बर्तमान कार्यसमिती जिम्मेवार भएपनी समितीले अघी सरेका केही बाँकी योजना पुरा गर्नु पर्ने भएकोले ढिलाई भएको भट्टको भनाई रहेको छ । २०७२ सालमा सम्पन्न माहायज्ञमा बिभिन्न ब्यक्तीहरुले घोषणा गरेका दानहरु पनि नदिएको उनको आरोप रहेको छ ।   

भट्टको ७ बर्षे कार्यकाल 
यसै बिच दुर्गालक्षमी बहुमुखी  क्याम्पसको क्याम्पस व्यवस्थापन समितिमा ७ बर्ष अध्यक्ष रहेका  विरेन्द्र भट्टले आफ्नो कार्यकाल सफल रहेको बताएका छन  । उनले  आफ्नो कार्यकालमा स्नात्तकोत्तर सम्म पढाई सुरु भएको, ठुलो लगानिमा क्याम्पसको भवन  निर्माण भएको , झण्डै ६ बिघा जग्गा क्याम्पसको नाममा आउनु  लगाएतका विभिन्न् कामहरु आफ्नो कार्यकालमा सम्पन्न भएको जानकारि दिए । आगामि ५ बर्ष भित्र विश्वविद्यालय अनुदान आयोगले ८ करोड रुपैया क्याम्पसलाई दिने प्रकृया पनि सुरु भएको उनले बताए । "विश्वबिधालय अनुदान आयोगले अहिलेसम्म लालपुर्जा नभएका क्याम्पसलाई कही पनि सहयोग गरेको छैन", उनले भने-" दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको आफ्नो जग्गा समेत नहुँदा बिस्वबिधालय अनुदान आयोगबाट ठुलो सहयोग ल्याउन सफल भयौ "। क्याम्पसमा बि सिए ,फोरेस्ट्री लगायतका बिभिन्न प्राबिधिक बिधाका कोर्षहरु भित्र्याउने आफुहरुको प्रयास पनि सफल हुने उनको भनाई रहेको छ   

बिबादस्पद निर्णय 
भट्टको कार्यकालमा केहि विवादास्पद निर्णयहरु पनि  भएको स्थानियहरुको बुझाई रहेको छ । तर उनी ति निर्णय बिबादस्पद नभएको बताउछन् ।  क्याम्पस प्रमुखको  नियुक्तिमा सिनियरलाई पाखा लाएर जुनियर लाई क्याम्पस प्रमुख बनाएको आरोप लागेको छ भन्ने प्रश्नको  उनले बचाउ गरेका छन । डम्मर पाल धेरै पहिले क्याम्पस प्रमुख भएको भए क्याम्पसले अझ धेरै गति लिने उनको तर्क रहेको छ। उनले भने -डम्मर पाललाई कयाम्पस प्रमुख बनाएपछि जसरी बाहिर कुराहरु आए ति सबै गलत थिए समाजमा जिल्लागत र  क्षेत्रिय राजनिती गर्नेहरुले जहिल्य नि यस्ता कुतर्क गरीरहन्छन् । आफ्नो कार्यकालको अन्तिम  बार्षिकउत्सवमा यस क्षेत्रका जनप्रतिनिधिलाई वेवास्ता गरि काग्रेसीकरण  गरेको भन्ने आरोपमा भट्टले भने - क्याम्पस बनाउन सबैको सहयोग रहेको छ , यस क्षेत्रका जनप्रतिनिधि लेखराज भट्ट्लाई नै प्रमुख अथिति बनायने कार्यक्रम थियो तर उहाको  समय नमिलेपछि शेर बहादुर देउवालाई प्रमुख अथिति बनाएका हौ।यदपी भिम रावललाई बोलाउने बिषयमा तत्कालिन एमालेकै साथीहरुलाई जिम्मा दिएका थियौ तर के कती कारणले उहां आउन सक्नु भएन आफुलाई जानकारी भएन । प्रदेश संसद कृष्णराज सुवेदीले अघिल्लो दिन साझ सम्म आफु उपस्थित हुने जानकारि दिएको भएपनि उपस्थित हुन नसक्नुको कारण आफुले नबुझेको बताए । सात बर्षे कार्यकालमा आफुले निर्णय प्रक्रुयामा कहिले राजनिती नगरेको उनले दाबी गरे । कुनै निर्णयमा काग्रेसलाई मात्रै फाईदा हुने कार्य गरेको प्रमाण ल्याउनु होस म कार्बाही भोग्न तयार छु उनले भने तर निर्णय प्रकृयामा जहिले पनि समितीका साथीहरु सँग सल्लाह गरेर मात्रै निर्णय भएको छ समितीमा सबै पार्टीका सदस्यहरु छन् । 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय