धनगढी प्रिमियर लिग ‘डीपीएल’ को औपचारिक तयारी सुरु , १ सय ९२ खेलाडीले गरे नाम दर्ता

अत्तरिया , माघ २८ ।
आउँदो चैत १७ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग ‘डीपीएल’ को औपचारिक तयारी सुरु भएको छ । धनगढीस्थित प्रहरी कार्यालयको मैदानमा पिच र मैदान मर्मत सुरु गरिएको छ । धनगढी प्रिमियर लिगका लागि पिच र मैदान मर्मत सुरु गरिएको छ भने ७०० बढी दर्शक अटाउने अस्थाइ प्याराफिट बनाउने तयारी छ । प्रतियोगिताका लागि फागुन ९ गते अक्सन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । जसका लागि स्थानीय खेलाडीको ट्यालेन्ट हन्ट सम्पन्न गर्नुका साथै खेलाडीको वर्गीकरण पनि पूरा भएको छ । यसपटक पनि मैदान मर्मतका साथै पिच निर्माणका लागि क्युरेटर अजय पाण्डेलाई काठमाडौंबाट झिकाइएको छ । चैत्र १७ गते देखि हुने धनगढी प्रिमियर लिगमा कुल १ सय ९२ जना खेलाडीले नाम दर्ता गराएका छन । गत पुष २० गते देखि माघ २५ गते सम्म खेलाडीले दर्ता गर्ने मिति तय गरेकोमा यसपटक डिपिएलमा १ सय ९२ जना खेलाडीले नाम दर्ता गरेका हुन । यो सूचिबाट पुन खेलाडीको सर्टलिस्ट गरिनेछ । अन्तिममा रहेका उत्कृष्ट खेलाडीलाई फागुन ५ गते हुने अक्सनमा राखिनेछ । दर्ता भएका खेलाडीहरुको बर्गिकरण ए, वि, सि, र डि गरि चार क्याटागरिमा गरिएको छ । अक्सनमा ‘ए’ क्याटागरिबाट ३ भन्दा बढी खेलाडीहरु टिमले लिन पाउनेछैन भने कम्तिमा २ जना खेलाडी ‘ए’ क्याटागरिबाट लिनुपर्नेछ । यस्तै ‘बी’ क्याटागरिबाट कम्तिमा ३ जना खेलाडी लिनैपर्नेछ भने ‘सी’ क्याटागरिबाट कम्तिमा ५ जना खेलाडीहरु लिनैपर्ने प्राबधान राखिएको छ । धनगढी प्रिमियर लिगमा देशभरमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरुले भाग लिनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बा्िधक पुरस्कार राशी हो । यस्तै उपविजेताले १० लाख, तेश्रो हुने टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख पुरस्कार पाउनेछ ।

 

प्रतिकृया दिनुहोस

अत्तरियामा प्ले फर अत्तरीयाको आयोजनामा बैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट प्रतियोगिता आयोजना हुने

बैशाख १३ , अत्तरिया ।  अत्तरियामा प्ले फर अत्तरीयाको आयोजनामा बैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट प्रतियोगिता हुने भएको छ । २० ओभरको खेलमा

धनगढी जेसिजले आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका बुढाले प्राप्त गरे

धनगढी , बैशाख ०१ । नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका

काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले (डीपीएल) २ को उपाधि माथी कब्जा जमायो

धनगढी, चैत्र ३० । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) २ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम