सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

जेठ २०, काठमाण्डौ । 
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको  छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो ।मुल्य बढेसङै अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।गएराती  १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको नेपाल आयल  निगमले जनाएको छ ।  यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ भने ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र  डिजेल २४ रूपैयाँ सस्तो छ । त्यसैकारण भारततर्फ हुने तेल तस्करी माैलाएको छ ।

प्रतिकृया दिनुहोस

पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरामा भव्य स्वागत

पोखरा, पुष २ ।  पोखराका धार्मिक मठमन्दिरको दर्शन एवम् विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्ने उद्देश्यका साथ निजी भ्रमणमा आज पोखरा पुग्नुभएका पूर्व

टिकापुर घटनासम्बन्धी मुद्दा न्यायधिसद्वय दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा

काठमाण्डौ,पुष २  सर्वोच्च अदालतमा (आज) सोमबार टिकापुर घटनासम्बन्धी मुद्दाको कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा

अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद

काठमाडौं ,पुस ०१। अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत