प्रदेश ७ को आगामी आर्थिक बर्षको बजेट २५ अर्बको आउने ,अौधोगिक क्षेत्र र सुख्खा बन्दरगाहा बिषेश प्राथमिकतामा

जेठ २०,धनगढी । 
प्रदेश ७ को सरकारले असारमा  २५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए । केन्द्र सरकारले प्रदेश ७ का लागि झण्डै  १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । केन्द्रको  बजेटमा  प्रदेशको आन्तरिक बजेट थपेर आगामी आर्थिक बर्षको बजेट आउने  मन्त्री बाहराले जानकारी दिए  । प्रदेश सरकारले असार १ मा बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था छ । मन्त्री बोहराले केन्द्र सरकारले ल्याएको बजेटले समग्र क्षेत्रलाई समेट्न नसकेको भन्दै  प्रदेश सरकारका लागि छुट्याइएको बजेटको सिलिङ्ग बढाउनु पर्ने बताए । प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुने भन्दै उनले   आगामि पाँच वर्षभित्रमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको जानकारी दिए  । सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, दिगो आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयमा केन्द्रित रहने बजेटले लगानिको वातारणका साथै सुख्खा वन्दरगाहा, विशेष औद्योगिक क्षेत्र लक्षित प्रदेशको बजेट रहने बताउँदै मन्त्री बोहराले त्यसका लागि विज्ञहरुको सल्लाहमा तयारी गरिरहेको बताए  । 

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु