नेपाल कम्युनिष्ट पार्टीले भोली धनगढीमा ब्रहत पार्टी एकता भेला गर्ने, नेकपाको सचिबालय पुनर्गठन गर्न भिम रावलको माग

जेठ २०, धनगढी । 
नेपाल कम्युनिष्ट पार्टिका स्थायी कमीटी  समिति सदस्य भिम रावलले पार्टीको सचिबालय पुनर्गठन गर्न माग गर्नु भएको छ ।  आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  योग्यता र क्षमताको आधारमा सचिबालय गठन नभएको भन्दै आपत्ती जनाए ।" म ३१ सालदेखी कम्युनिष्ट पार्टीको सदस्य हुँं," उनले भने-" पाटीले मन्त्री बनाउदा होस या पाटीको जिम्मेवारी दिँदा दुवै काममा योग्यता र क्षमता भएकालार्इ अन्याय गरिएको छ"। उनले बजेटमा पनि ७ नम्बर प्रदेशलाई उपेक्षा गरेको आरोप लगाए । सात नम्बर प्रदेशमा भात्री संगठनहरुको एकताको लागी तत्कालिन एमाले र माओबादीबाट एकता समिती बनाएको छ त्यही समितीले सहमती कै आधारमा एकता गर्ने उनको भनाई रहेको छ ।  उनले  मधेशबादी दलपनी सरकारमा आएकोले अब पहाड तराई बिच फाटो ल्याउनेहरु षडयन्त्र असफल भएको  दाबी गरे  । यसै बिच नेपाल कम्युनीष्ट पार्टीले भोली धनगढीमा पार्टी एकता भेला गर्ने भएको छ । भेलालाई सम्बोधन गर्न सो पार्टीका शिर्ष नेताहरु भिम रावल र लेख राज भट्ट लगाएत  नेताहरु धनगढी पुगेका छन्  । 

प्रतिकृया दिनुहोस

धनगढीलाई ब्यबसायिक,अत्तरियालाई प्रशासनिक र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन योजना बनाउनु पर्छ- पूर्वमन्त्री भट्ट

अत्तरिया ,असोज ३०।  पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेश सरकार ले गोदावरी राजधानी बनाउने निर्णय उपयुक्त रहेको बताएका छन् । आज आफ्नै

सबैको सहयोग भए सुदुरपश्चिम प्रदेश सबै धर्म ,कला संस्कृतिको साझा फुलबारी बन्ने छ - मुख्यमन्त्री भट्ट (भिडियो)

धनगढी ,असोज २३ ।  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार नया ब्यबस्था भएकोले कार्यशैलीमा पनि  नया पन दिनु पर्ने बताउनु