केन्द्र सरकारले अब भ्याटमा बहुकर लगाएर साना उद्यमीहरुलाई प्रहोत्सान गर्ने निती ल्याउनु पर्छ -मन्त्री बोहोरा

धनगढी , जेष्ठ २३।  
प्रदेश नम्बर ७ का अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सरकारले ल्याउने बजेटमा युवा स्वरोजगार कोष ल्याउन लागेको बताएका छन । अाज धनगढीमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रदेश नम्बर ७ ले अायोजना गरेको कर,राजस्व तथा भन्सार नीति सम्बन्धि कार्यक्रम मा मन्त्री बोहराले उक्त कुरा बताएका हुन ।मन्त्री बोहराले प्रदेश सरकारले प्रदेशका युवाहरुलाई विदेशीन बाट रोक्न  मन्त्रालयले विना धितो शैक्षिक प्रमाण पत्र र नागरिकता राखी स्वरोजगार कोष मार्फत युवाहरलाई स्वदेशमै रोजगार दिन युवा स्वरोजगार कार्यक्रम ल्याउन लागेको बताए । मन्त्री बोहराले भने "संघिय सरकारले अब भ्याटमा बहुकर लगाएर साना उद्यमीहरुलाई प्रहोत्सान गर्नु पर्छ"।कार्यक्रम मा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष राम कृष्ण श्रेष्ठ ले  सरकारले कपडा र सिलाई मा अनिवार्य भ्याट लगाएर साना व्यवसायीहरु लाई अन्याय गरेको अारोप लगाए ।अध्यक्ष श्रेष्ठ ले कपडा र सिलाई मा सरकारले अनिवार्य भ्याट लगाएर साना व्यवसायी हरुको हौसला बढाउन प्रोत्साहित को सट्टा निरुत्साहित गरेको अारोप समेत लगाए । 

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा