७ नम्वर प्रदेश सरकारद्वारा विज्ञहरुको राय सुझाब संकलन , निती बनाउने भन्दा कार्यान्वयनमा जोडदिन विज्ञहरुको सुझाब

धनगढी ,जेठ २३ । 


सत नम्बर प्रदेश सरकारले यस क्षेत्रका बिग्यहरुलाई बोलाएर सुझाब मागेको छ । मुख्य मन्त्री कार्यालयमा भएको उक्त सम्मेलनमा सहभागीहरुले प्रदेशको बिकासको लागी आर्थिक मुद्दामा केन्द्रित हुन सरकारलाई सुझाब दिएका छन । प्रदेशको समग्र विकास तथा सम्वृधिका लागि भन्दै प्रदेश सरकारले यहाँ का विज्ञहरु सँगअन्तरक्रियाकार्यक्रमको आयोजना गरेको छ । ७ नम्वर प्रदेशको दिगो विकास एवं सम्बृधिको सम्भावना तथा चुनौतीविषयमा  विज्ञहरु सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । प्रशस्त सम्भावना हुँदाहुँदै पनि विकासको सवाल मा पछाडी रहेको प्रदेश नम्वर ७लाई सम्वृध वनाउन के के गर्न सकिन्छ, भनेर विज्ञहरुको सुझाव लिन कार्यक्रमको आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ । कार्यक्रममा कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, शु- शाशन लगायतका सन्दर्भमा विज्ञहरुले आ -आफ्नो धारण राखेका छन्  । कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रीय योजना आयोगका पूर्व सदस्य जनकराज शाहाले  सुदुरपश्चिम विकासका लागि अहिले सम्म वनेका नितीनियमको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताय । उनले भने - यहाँको विकासका लागि छुट्टै निती वनाएर  मात्र पुग्दैन, बनेका विकासे निती र कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नियमन गरौ, सम्बृध प्रदेश धेरै टाढा छैन । ”समाजिक क्षेत्रका विज्ञ एवं पूर्व सचिव महेन्द्र प्रशादश्रेष्ठले सुशाशन युक्त समाजनिमार्णकालागि जेष्ट नागरिक सम्वर्धन संरक्षण, लैंगीक हिंसा निवारण, आकस्मिकवालउद्यार जस्ताकोषहरु खडा गर्नु पर्ने सुझाव दिए  । श्रष्ठले भने -सामाजिक चेतनाको विकासका लागि अव अन्तरक्रिया र गोष्ठी गरेर मात्रै पुग्दैन, समुदायमा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम तय गर्न जरुरी छ ।” यस्तै, प्रदेशको सम्वृधिका लागि पर्यटन सबैभन्दा उत्तम रहेको विज्ञ तथा संघिय संसदका सांसद डा. दिपकप्रशाद भट्टको धारण रहेको छ। प्रदेश नम्वर ७ लाई क्षतिपुर्ती सहितको बजेट आवश्यक रहेको बताउदै डा.भट्टले भने -“ ७नम्वर प्रदेश पिक्षडिएको होइन, पछाडी पारिएको  हो, त्यसैले क्षेतिपुर्ती सहितको वजेट आवश्यक छ । अन्तरक्रिया कार्यक्रममा पुर्व उपप्रद्यानतथा गृह मन्त्री भिम रावल, पुर्व मन्त्री लेखराजभट्ट सहित बिभिन्न विधामा दक्ष  यस क्षेत्रका २० जना विज्ञहरुको सहभागीता रहेको  थियो । प्रदेश सरकारले विज्ञहरुको राय सल्लाहलाई समेटर आगामी दिनमा योजना बनाउने प्रदेश सरकारले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा