नेपाल बिधालय कर्मचारी परिषद गोदावरी नगर कमिटिको अध्यक्षमा डिल्लीराज ओझा चयन

हेमराज भट्ट , अत्तरिया जेठ २३ ।
नेपाल बिधालय कर्मचारी परिषद गोदावरी नगर कमिटिको प्रथम नगर अधिबेशन आज अत्तरियामा सम्पन्न भएको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा.विमा सम्पन्न प्रथम अधिबेशनले सिद्धबाबा माध्यामिक बिधालयमा कार्यरत डिल्लीराज ओझाको अध्यक्षतामा १५ सदस्यिय नगर कार्य समिति निर्विरोध चयन गरेको छ ।

 

समितिको उपाध्यक्षमा महिला तर्फ कामना ढकाल ,उपाध्यक्ष पुरुषमा सिद्धबाहादुर बिष्ट ,  सचिबमा टिकाराम सुबेदी , सह सचिबमा  दमयन्ती चन्द , कोषध्यक्षमा बेटिया राना , सह कोषध्यक्षमा सिर्जना बोहरा रहेका छन् । यस्तै सदस्यहरुमा कृष्ण बाहादुर चौधरी , अमर बिष्ट , दल बाहादुर रोकाया , बिना भट्ट , ईश्वर बाहादुर बोहरा , अमर साउद , कमला पाठक र माया भण्डारी गरी १५ सदस्यिय नया कार्यासमित निर्विरोध चयन गरिएको हो  ।

 

नेपाल बिधालय कर्मचारी परिषदका  केन्द्रिय प्रतिनिधि तथा पुर्व जिल्ला उपाध्यक्ष भक्त बाहादुर साउदको सभापतित्वमा सम्पन्न प्रथम अधिबेशन कार्यक्रममा बिधालय कर्मचारी परिषदका  ७ नं प्रदेश अध्यक्ष हरिलाल ओझा प्रमुख अथिति रहनुभएको थियो । यस्तै बिशिष्ट अथितिमा जिल्ला अध्यक्ष गणेश प्रशाद जोशी रहनुभएको थियो । गोदावरी नगरपालिका भित्र छरिएर रहेका बिभिन्न बिधालयमा कार्यारत  कर्मचारीहरुको समस्या समाधान र उनिहरुको हक हितका समिति गठन गरिएको हो । केहि दिन अगाडी प्रदेश नं ७ भरि छरिएका बिभिन्न बिधालयमा कार्यारत  कर्मचारीहरुको भेलाले प्रदेश समिति पनि गठन गरेको थियो । नेपाल बिधालय कर्मचारी परिषद जिल्ला सचिब रतन कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संञ्चालन डिल्लीराज ओझाले संञ्चालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय