पश्चिम सेती बन्ने नबन्ने के हो जनतालाई प्रष्ट पार्नु पर्‍यो- मुख्यमन्त्री भट्ट

धनगढी , जेठ २५ । 
मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जल बिधुत परियोजना बारेमा प्रष्ट पार्न केन्द्र  सरकारलाई आग्रह  गर्नु भएको छ् । आज लगानी बोर्डले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहांले सो कुरा बताउनु भएको हो । "यती लामो समय सम्म सेती पारीयोजना नबन्नु दु:खद हो", उहाले भन्नु भयो -"पश्चिम सेती देखाउनको लागी मात्रै होइन यसलाई बनाउने नै हो" । उहाले पश्चिम सेती नबनाउने हो भने बिकल्प के हो त्यो जनतालाई बताउनु पर्ने धारणा राख्नुभयो । पश्चिम सेती बनाउन सके सात नम्बर प्रदेशको लागी ठुलो उपलब्धी हुने भट्टको भनाई रहेको छ । मुख्य मन्त्री भट्टले अपर कर्णाली कर्णाली प्रदेश र प्रदेश ७ दुबैको भुगोलमा पर्ने भएकोले स्वामित्व कसको रहने भन्ने कुरा पनि केन्द्र सरकारले प्रश्ट पार्नु पर्ने बताउनु भयो । "अपर कर्णालीको केही भाग कर्णाली प्रदेशमा पर्ने र केही भाग ७ नमबर प्रदेशमा छ ,दुबै प्रदेशमा अलग अलग सरकार रहेको छ ",उहाले भन्नु भयो - "दुबै प्रदेशको समन्वय गर्न केन्द्र सरकारले पहल गर्नु पर्दछ" । भट्टले सबै ठुला परियोजना पूर्वबाट शुरु हुँदै आएकाले अब नयाँ परियोजनाको शुरुवात पश्चिमबाट गर्नु पर्ने बताउनु भयो । पूर्व पश्चिम रेलमार्ग ,मदन भण्डारी लोकमार्गको शुरुवात अब पश्चिमबाट शुरु गर्नु पर्ने उहाको भनाई रहेको छ । 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको