निर्बाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही नगरी बिश्राम लिन्न- देउबा

धनगढी ,जेठ २५ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अब नयाँ चिराबाट मजबुत गर्नुपर्ने बताएका छन । नेपाली काङ्रेस  कैलालीले आयोजाना गरेको जिल्ला अधिवेशनको उद्घाटन गर्दै  उनले अब पार्टीलाई पुरानो अबस्थामा फर्काउने दाबी गरे ।  "निर्वाचनका बेला पार्टीका उमेद्वारहरुलाई भोट नहाल्नेहरुको क्रियाशील सदस्यताबाट समेत  खारेज गर्नु पर्छ",  उनले भने-" यो राजनितिक अपराध हो , अन्तरघातीहरुलाई कारबाही नगरी बिश्राम लिन्न"। उनले  अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमाउनु  परेको भन्दै दुखेसो पोखे  । हारको मुख्य कारण अन्तरघात भएको उनले बताए। अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र आफुले विश्राम लिने बताउदै देउवाले भने अन्तरघातीलाई  कारबाही गरेरै छोड्छु  । कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने उनको दाबी रहेको छ  । टिकट नपाउनासाथ पार्टीका उम्मेदवारलाई हराउन लाग्ने हो भने पार्टी अघि बढ्न नसक्ने उनको तर्क रहेको छ  । पार्टीलाई नै हराएर को बहादुर भएको छ भनी प्रश्न गर्दै  देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने टिप्पणी गरे  । कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना समेत गरे  । आफू प्रधानमन्त्री हुँदा गौरीफन्टा नाका खोल्ने सहमति गरेको तर, ओली सरकारले यो एजेण्डालाई छाडेको उनको  आरोप रहेको छ । उनले  मुलुकमा कम्युनिष्टको शासन शैली देखिएको  भन्दै जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र गरे प्रतिकार गर्ने चेतावनी दिए । 

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ