नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ । 
स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस शुरु भएको छ । पार्टीका केन्द्रिय सभापती शेर बहादुर देउबाले निर्बाचनको बेला पार्टीका उम्मेदवारलाई हराउने को साधारण सदस्यता समेत नरहने गरी कार्बाही बताएको भोली पल्टैबाट बहस शुरु भएको छ । नेपाली काँग्रेसको निर्वाचन परिचालन मूल समितिका स्थानीय तहका वडामा रहेका विभिन्न वडा संयोजकहरुले आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेहरुको नाम कारवाहीका लागि जिल्लामा  सिफारिस गरेको हो । कारबाहीको लागि २० जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा  पहिलो नम्बरमा पार्टीका निवर्तमान सांसद पुष्करनाथ ओझाको नाम रहेको छ । अन्य नेताहरुमा  कैलाली सचिव पुर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, महाधिवेशन प्रतिनिधि बब्लु कुमार चौधरी रहेका छन् । 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

निर्बाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही नगरी बिश्राम लिन्न- देउबा

धनगढी ,जेठ २५ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अब नयाँ चिराबाट मजबुत गर्नुपर्ने बताएका छन । नेपाली काङ्रेस  कैलालीले