नेपाल प्रहरीमा अब ३ जनामात्रै एआईजी रहने, शसस्त्र प्रहरीमा २ जना एआईजी रहने व्यवस्था

काठमाण्डौ ,जेठ २७ । 
नेपाल प्रहरीमा अब ३ जनामात्रै एआईजी रहने भएका छन् । यसअघि १६ जनाको दरबन्दी सिर्जना गरिएको थियो । त्यस्तै, सशस्त्र प्रहरीमा २ जना एआईजी रहने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको  बैठकले प्रादेशिक संरचनानुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय पनि गरेको छ । त्यस्तै, नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान १६ सय नेपाल प्रहरीको दरबन्दी खुलाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । आगामी वर्ष तीन हजार एकसय एक प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ । सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार

पेट्रोलियम पदार्थमा फेरी मूल्य बृद्धि

काठमान्डौ , भदौ ०४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रदेश न २ भाग्यमानी हो,कोलकाता पुग्ने पानी जहाज पनि यसै प्रदेशबाट चल्छ - प्रधानमन्त्री ओली

जनकपुर ,भाद्र २ ।  प्रधानमन्त्री केपी आलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । शनिबार  प्रदेश २ को संसदलाई सम्बोधन गर्दै संविधान कुनै