प्रदेश ७ को स्थायी राजधानी र नाम तोक्ने प्रस्ताब संसद सचिबालयमा दर्ता

धनगढी ,जेठ २७। 
प्रदेश ७को सभामा स्थायी राजधानी र नाम तोक्ने प्रस्ताब संसद सचिबालयमा  दर्ता भएको छ । डोटीबाट निर्बाचित नेपाली काँग्रेसका सांसद भरत बाहादुर खड्काले उक्त प्रस्ताब दर्ता गर्नु भएको हो । प्रस्तवको प्रस्ताबकमा काँग्रेसकै  सांसद कर्ण मल्ल रहनु भएको छ भने समर्थकमा डिल्ली राज पन्त रहनु भएको छ । संबिधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी र नाम तोक्ने प्राबधान रहेको छ । प्रदेश ७ मा  प्रदेश सरकार र प्रदेश सभा बनेको लामो समय बितीसक्दा पनि यो बिषयले संसदमा  औपचारिक प्रबेश पाएको छैन । खड्काले दर्ता गर्नु भएको प्रस्ताबमा राजधानी र नाम एतिहासिक दिर्घकालिन महत्व सन्तुलित बिकास ,भगौलिक महत्व र स्मारक  दृष्‍टिकोणको साथै  औचित्यको आधारमा तोकियोस भनी उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर