७ नम्बर प्रदेश सरकारले कुल बजेटको २० प्रतिशत बजेट अनिबार्य शिक्षामा छुट्याउनु पर्ने बिधार्थी सँगठनहरुको माग

धनगढी ,जेठ २८ । 
प्रदेश नम्वर ७ मा दुई बिधार्थी संगठनहरु  अनेरास्वबियु र अखिल (क्रान्तिकारी) ले बिभिन्न १० सुत्रिय माग राख्दै सामाजिक बिकासमन्त्री दिर्घ सोडारी र अर्थमन्त्री झपट बोहोरालाई  ग्यापण पत्र बुझाएका छन । प्रदेश सरकारले कुल बजेटको २० प्रतिशत बजेट अनिबार्य शिक्षामा छुट्याउनु पर्ने ,सरकारी कर्मचारी र जन प्रतिनिधिका छोराछोरीहरुलाई अनिबार्य सामुदायिक बिधालयमा पठन पाठन गरिनुपर्ने ,सेती प्राबिधिक शिक्षालयलाई प्रादेशिक प्राबिधक विश्वबिधालयको रुपमा स्थापना गरिनुपर्ने,दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यहि शैक्षिक सत्रबाट पठनपाठन सुचारु गरिनुपर्ने  लगाएतका १० सुत्रिय मागहरु बुझाएको हो। अनेरास्वबियुका प्रदेश सह–संयोजक लोकेन्द्र वहादुर सिह र अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक खगेन्द्र हमालले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । आफुहरुका माग प्रती सरकार सकारात्मक देखिएकोले मागहरु सम्बोधन हुने अखिल (क्रान्तिकारी)का बिधार्थी नेता मनोज राईले जानकारी दिए ।     

प्रतिकृया दिनुहोस

नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलन स्थगित , विद्यालय बन्द फिर्ता

अत्तरिया , भदौ ०२ । सामुदायिक बिधालयहरुमा कार्यरत कर्मचारीहरुको संड्गठन नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते २ दिन देशैभरिका सामुदायिक

नेपाल विद्यालय कर्मचारी परिषदको बृहत अन्तरक्रिया कार्यक्रम अत्तरियामा सम्पन्न

अत्तरिया , साउन २४ । नेपाल विद्यालय कर्मचारी परिषद कैलालीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बिधालयहरुमा कार्यरत

बालविकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना चयन

गोविन्द बीसी , बौनिया  साउन २१ नेपाल बालविकास शिक्षक (इसिडी) समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ । सोमबार धनगढीमा बसेको