पाच बर्षभित्रमा प्रत्येक नेपालीका घर घरमा बिजुली र्पुयाइने छ — उर्जामन्त्री थापा

कञ्चनपुर ,माघ २८ ।
उपप्रधान तथा उर्जामन्त्री कमल थापाले पाँच बर्षभित्रमा प्रत्येक नेपालीका घरमा बिजुली र्पुयाइने लक्ष्यका साथ तयारी भइरहेको बताउनु भएको छ । आज महेन्द्रनगरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधान तथा उर्जामन्त्री थापाले ४० प्रतिशत नेपाली जनता विद्युतको पहुचबाट बाहिर भएको भन्दै पाँच वर्ष्भित्रै सबैको घरघरमा बिजुली पुग्ने दावी गर्नु भयो । विद्युतको पहुच पुग्न नसकेका सबै नेपालीका घर–घरमा बिजुली र्पुयाउने हिसाबले काम अघि बढिरहेको वाहाले वताउनु भयो । चमेलिया जलबिद्यतु आयोजना उद्घाटन समारोहमा प्रधानमन्त्री सहित सहभागि हुन सुप आउनु भएका थापाले आज कंचनपुरमा वोल्दै ३० मेगावाटको उक्त आयोजनाले समेत थप राहत पुग्नेमा विश्वास व्यक्त गर्नु भयो । चमेलिया जस्तै देशका विभिन्न स्थानमा अरु थप आयोजना समेत निर्माणको काम अघि बढिरहेको वाहाले वताउनु भयो । सरकारले १० वर्ष्भित्रमा थप १७ हजार मेगाबाट विद्यतु उत्पादन गर्ने गरी तयारी गरिरहेको समेत बताउनु भयो । वाहाले ९ महिनामा ४५६ मेगाबाट क्षमताको अपर तामाकोशी जलविद्यतु आयोजना सम्पन्न हुने जानकारी दिनु भयो । पहाडी र हिमाली जिल्लाहरुमा समेत नविकरणीय उर्जाका रुपमा बायोग्याँस लगायतका उर्जाहरु सञ्चालन गर्नका लागि आवश्यक नीति र कार्य्विधि तयार भइसकेको उर्जामन्त्री थापाले जानकारी दिनु भयो । पत्रकारले निर्वाचनमा राप्रपाको निराशजनक पराजय हुनुको कारण के भनी सोधेको प्रश्नको जवाफ दिदै वाहाले पार्टीको विभाजन र निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार खडा नगर्नु नै रहेको बताउनु भयो । मन्त्री थापाले हिन्दुराष्ट्रको नारा नछोडेको दाबी गर्दै अब सडकबाटै आफना माग पूरा गराउन संघर्ष गरिने प्रष्ट पार्नु भयो ।

 

प्रतिकृया दिनुहोस

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार

कांग्रेसको राजनीतिक प्रतिवेदन- नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठा शंकाको

काठमाण्डौ, मंसिर २५ ।  मुख विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लोकतन्त्रप्रतिको विश्वास र निष्ठामाथि प्रश्न