तेघरीमा जारी प्रथम गौरीशंकर क्रिकेट कपमा आज २ ओटा खेल सम्पन्न ,, सशस्त्र प्रहरी बाहिनी र राधाकृष्ण टोल विजय


अत्तरिया , जेठ २९ ।
गोदावरी नगरपालिका वडा नं २ मा रहेको गौरीशंकर टोल सुधार समितिको आयोजनामा सोमवारवाट सुरु भएको प्रथम गौरीशंकर क्रिकेट कपमा आज दुईओटा खेलहरु सम्पन्न भएका छन् । आज विहान पहिलो खेल सृजनशिल युवा क्लब अत्तरिया र सशस्त्र प्रहरी बाहिनी बिच भएको थियो । जसमा सशस्त्र प्रहरी बाहिनी २ विकेटले बिजय भएको छ ।

 

सुरुमा ब्याटिङ् गर्न मैदानमा उत्रिएको सृजनशिल युवा क्लबले १४.३ ओभरमा ७५ रन बनाएको थियो । ७६ रनको लक्ष्य लिएर मैदानमा पुगेको सशस्त्र प्रहरी बाहिनीले ८ विकेटको क्षेतिमा आफ्नो लक्ष्य पुरा गर्न सफल भयो । यस्तै आजै भएको दोसो्र खेलमा बनदेवी युवा क्लबलाई ४७ रनले पराजित गर्दै राधाकृष्ण टोलले विजय हासिल गरेको छ । टस जितेर सुरुमा ब्याटिङ् गर्ने निर्णय गर्दै मैदानमा गएको राधाकृष्ण टोलले ६ विकेटको क्षेतिमा १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बनदेवी युवा क्लबले १० ओभरमा अलआउट हुदै ५६ रन मात्रै बनाए पछि पराजित भएको हो ।

 

नकाउटका आधारमा भैरहेको खेलमा भोली बिहान पहिलो खेल आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए र जनकल्याण सेकेण्डरी स्कुल बिच हुने खेल संयोजक लोकेन्द्र साउदले जानकारी दिए । १३ ओटा टिमहरु सहभागी रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई ८ हजार नगद सहित मेडल र प्रमाण पत्र र दिृतिय हुने टिमले नगद ४ हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट ब्याट्सम्यान , उत्कृष्ट बलर र राईजिङ् प्लेयरलाई हौसला स्वरुप नगद ५ सय र प्रमाण पत्रले पुरस्कृत गरिने छ । सो प्रतियोगिता गोदावरी नगरपालिका वडा नं २ तेघरीको घरेलु मैदानमा भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

वनदेवि युवा क्लबको नया नेतृत्ब चयन , अध्यक्षमा जोशी

अत्तरिया , साउन १९  । प्रदेश नं ७ अर्थात सुदुरपश्चिममा सर्वप्रथम सबैभन्दा ठुलो धनराशी भएको फुटबल प्रतियोगिता गराउन सफल वनदेवी युवा क्लबको नया

पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

काठमान्डौ , साउन १६ । पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय

नेपाल नेदरल्याण्ड्ससँग आज ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं, साउन १६ । नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ ।