संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस

काठमान्डौ , जेठ ३० ।
संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको मन्त्री तामाङले बताए ।

 

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए ।

 

 लामो समयसम्म सर्वोच्च अदालत नेतृत्वविहीन भए पनि संसदको कार्यसञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाइ समिति गठन नभएकाले प्रधानन्यायाधीश चयन प्रक्रिया रोकिएको थियो ।
अनलाईन खबरवाट

 

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी