प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि नियुक्त

हेटौंडा , माघ २९ ।
प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेशसभा संसदीय दलका नेता पौडेल वाम गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत ९५८ सांसद० छ । २३ सांसद रहेको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा पौडेललाई समर्थन गरेको छ । दुर्इ दलको पत्र पाएपछि प्रदेश प्रमुख अनुराधा कोइरालाले  आइतबार नै साँझ पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । भोलि विहान ८ बजे सपथ तय भएको छ ।  भोलि विहान साढे ९ बजे सपथ राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । पौडेलले प्रदेश प्रमुख कोइराला समक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनेछन् । लगतै साढे ११ बजे पदबहालीको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिए । पौडेल शुक्रबार संसदीय दलको नेता चुनिएका थिए । दलको नेता चुन्न भएको चुनावमा उनले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराएका थिए । प्रदेश ३ को सभामुखमा एमालेकै सानु श्रेष्ठ र उपसभामुखमा माओवादीकी राधिका तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस