अत्याधिक गर्मीका कारण जनजिबन प्रभाबित

अत्तरिया ३० , जेठ । 
केही दिन यता अत्याधिक गर्मीका कारण कैलालीको जनजिबन पूर्ण रुपमा प्रभाबित बनेको छ । बिहानै देखी गर्मी हुँदा स्थानियको दैनिकी प्रभाबित हुन थालेको हो । गर्मी सँगै बिधुत भोल्ट कम हुने हुँदा पंखा,फ्रीज  लगायत बिधुतिय उपकरण नचल्दा झनै समस्या हुन थालेको छ । गर्मीको कारण दिउसोको समयमा तातो लु चल्दा जिल्लाका  विभिन्न भेगमा  भाइरल ज्वरोका बिरामी बढेका छन् । सरकारी तथा नीजि अस्पतालहरुमा केही दिन यता ज्वरोका बिरामी बढेको बिभिन्न अस्पतालहरुले जनाएका छन्  । ।  टाउको दुख्ने, पेट दुख्ने, खाना नरुच्ने, ज्वरो आउने पखााला लाग्ने आउ ,जन्डिस रोगका लक्षण देखा परेका बिरामिहरु अस्पताल आउने गरेका छन्  ।अत्याधिक गर्मी र खानपिनमा उचित ध्यान नर्पुयाउँदा भाइरल ज्वरोको बिरामी बढेका हुन  । बाहिरका तथा बासी खानेकुरा नखान र पानी उमालेर मात्र पिउन डाक्टर खनालकोे सल्लाह छ । साथै गर्मिमा बाहिरतिर कम मात्रामा हिडडूल गर्ने र जानै परे पनि छाताको प्रयोग गर्न डा ले आग्रह गर्नुभयको छ ।यता जल तथा मौसम विभाव हावापानी फिल्ड कार्यालय  अत्तरियाले आज को तापक्रम ३८ डिग्री मापन गरेको छ ।  अहिले साँझ गरेको  मापन  अनुसार  अधिकतम तापक्रम 39.2 डिग्री सेल्सियम रहेको छ  । कार्यलयका प्रमुख ए पि चौरसियाले केही दिन यताको यस क्षेत्रको तापक्रम ३७देखी ३८ डिग्रीमा रहेको बताए । "गर्मी धेरै महशुरश भएको छ", उनले भने -"पानी पर्ने सम्भाबन पनि रहेको छ"।   

प्रतिकृया दिनुहोस

योग दिबसको अबसरमा ७ नम्बर प्रदेशका सबै मन्त्रीद्वारा योग अभ्यास

धनगढी , असार ७ ।  योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रिय

अत्तरिया पतंजलि योग समितिले यसरी मनायो चौथो अन्तराष्ट्रिय योग दिबस (फोटो सहित )

हेमराज भट्ट , अत्तरिया असार ०७ । आज चौथो अन्तराष्ट्रिय योग दिबस प्रदेश नं ७ का साथै देश बिदेशमा बिभिन्न कार्यक्रमहरु गरि मनाईदैछ । सोहि अबसरमा

अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

अत्तरिया , असार ०६ । कैलालीमा अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको टोलीले गोदावरी