अपराधिक कृयाकलापहरुमा प्रहरीकै संग्लनतामा हुने भएकाले सचेत भएर काम गर्न ई.प्रा.का मालाखेतीका नयाँ प्रहरी प्रमुखलाई अत्तरियाबासीको सुझाब

अत्तरिया , जेठ ३० ।

अधिकाशं अपराधिक कृयालापहरुमा प्रहरी कै संगलग्नता हुने तर्फ स चेत रहन स्थानियले प्रहरीलाई सुझाब दिएका छन् । आज ईलाका प्रहरी कार्यालय मालाखेतीमा आउनु भएका नयाँ प्रहरी प्रमुख प्रहरी निरिक्षक किसन चन्दले आयोजना गरेको परिचयात्मक कार्यक्रमका सहभागीहरुले यस्तो सुझाब दिएका छन् । कार्यक्रममा सहभागी  यस क्षेत्रका जन प्रतिनिधि  समासेवी ,बुद्धिजिवि राजनितिक दलका प्रतिनिधि र बिभिन्न संघसंस्थाका प्रनिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।

 

ईलाका प्रहरी कार्यालय मालाखेतीमा सुरुमा  सरुवा भएर आउने प्रहरी प्रमुखले बिभिन्न खाले आक्रामक योजनाहरु ल्याएर काम गर्ने खोज्ने  भएपनि एक दुई महिना पछि स्थानिय  ब्यपारी संग नै मिलेमातो गर्ने प्रब्र्तीले  अपारधिक कृयकलापहरु निर्मुल हुनुको सट्टा झन झन मौलाउदै गएको प्रति स्थानियहरुले चिन्ता ब्यक्त गरे । कार्यक्रममा सहभागी नेकपाका  युवा नेता आनन्द भट्टले अत्तरिया बजार क्षेत्रमा जटिल समस्याका रुपमा रहेक यौनजन्य कृयकलाप , जुवातास र लागुपदार्थको कारोबारलाई जरै देखि फाल्न प्रहरी प्रशासनले सक्रियता बढाउनुपर्ने बताए । उनले प्रहरी प्रमुख नयाँ नयाँ  हुदा केही  सक्रियता बढाउने गरेको भएपनि पछि तिनै ब्यक्तिहरु संग आर्थिक रुपमा सांटगाट गरेर  मुखदर्शक भएर बस्ने गरेको आरोप लगाए ।

 

प्रदेश नं ७ को सम्भाबित स्थाई राजधानीका रुपमा चर्चामा रहेको अत्तरिया आसापास यौनजन्य कृयकलाप र लागुपदार्थ दुर्ब्यसनी  सबै भन्दा बढि मौलाउदै गएको र यस तर्फ प्रहरीको सकृयता न्युन रहेको ने.वि संघका क्षेत्रिय सभापति गणेश शाहाले प्रहरी प्रमुख चन्दलाई जानकारी गराए । उनले बजार क्षेत्रमा रहेका अधिकाशं होटलहरुमा भैरहेको यौन ब्यापारलाई कम गर्नु साटो प्रहरी प्रशासनले उल्टै होटलका मालिकहरु संग मिलेमातो गरेर सो कार्य गर्न ब्यापारीहरुलाई झन झन प्रोत्साहान मिलेको बताए । अपराधिक कृयकलाप न्युनिकरण गर्न एक्लै प्रहरी प्रशासनले केहि गर्न नसक्ने भएकाले प्रहरीले नेतृत्ब गरेका हरेक काममा आफुहरुको साथ सहयोग रहने गोदावरी नगरपालिका नगरप्रमुख हरि सिंह साउदले बताए । विगतका दिनहरुमा देखिएका समस्या अहिले भने न्युनिकरण हुदै गएको बताउदै उनले जस्ता सुकै अपराधिक कृयकलापहरु भएपनि प्रहरी प्रशासनले कसैको करकापमा नरही कानुनको आधारमा  निणर्य लिन नया प्रहरी प्रमुखलाई सुझाब दिए ।

 

यता नया प्रहरी प्रमुख  चन्दले नगरपलिकाका जनप्रतिनिधि , स्थानिय समाजसेवी , बुद्धिजिवि, राजनितिक दलका प्रतिनिधिहरुको  दिएका सुभाव सल्लाहा कै आधारमा काम गर्ने बताए । उनले प्रहरी प्रशासनले मात्रै एक्लै केहि गर्न नसक्ने भएकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका जस्तासुकै अपराधिक कृयकलापहरुलाई न्युनिकरण गर्न सबैले साथ र सहयोग दिनुपर्ने बताए । आफु अपराध अनुन्धान विभागवाट आएको बताउदै उनले कानुन विपरित काम गर्ने कुनै पनि अपराधिलाई उन्मुक्ती  नदिईने प्रतिबद्धता ब्यक्त गरे । यस अघि ईलाका प्रहरी कायालय मालाखेतका प्रमुख रहनुभएका हिक्मत सिंह बोहोराको दार्चलामा सरुवा भएपछि प्रहरी प्रधान कार्यालय अपराध अनुन्धान विभागवाट आउनुभएका नया इन्चार्ज किसन चन्द आएका हुन् 

प्रतिकृया दिनुहोस

योग दिबसको अबसरमा ७ नम्बर प्रदेशका सबै मन्त्रीद्वारा योग अभ्यास

धनगढी , असार ७ ।  योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रिय

अत्तरिया पतंजलि योग समितिले यसरी मनायो चौथो अन्तराष्ट्रिय योग दिबस (फोटो सहित )

हेमराज भट्ट , अत्तरिया असार ०७ । आज चौथो अन्तराष्ट्रिय योग दिबस प्रदेश नं ७ का साथै देश बिदेशमा बिभिन्न कार्यक्रमहरु गरि मनाईदैछ । सोहि अबसरमा

अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

अत्तरिया , असार ०६ । कैलालीमा अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको टोलीले गोदावरी