नेपाल विद्यालय कर्मचारी परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन काठमाडौंमा

 अत्तरिया  जेठ ३० ।
नेपाल विद्यालय कर्मचारी परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको थापाथलीमा आजवाट सुरु भएको राष्ट्रिय महाधिवेशने नया नेतृत्व चयन गर्नेे छ । नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष बहादुर खड्काको सभापतित्वमा सुरु भएको महाधिवेशनमा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले देशै भरिरहेका बिभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत  कर्मचारीका मागहरुलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्

 

विद्यालय कर्मचारीले उठाएका मागलाई राज्यले सम्बोधन गर्न नसकेको बताउदै उनले  राज्यले कर्मचारीका माग सुनुवाइ नगरी आलटाल गरे आगामी दिनमा नेपाल शिक्षक महासंघले सशक्त रूपमा आबाज उठाउने प्रतिबद्धता व्यक्त गरे । यस्तै, कार्यक्रममा विद्यालय कर्मचारी परिषद ७ नम्बर प्रदेश अध्यक्ष हरिलाल ओझाले कर्मचारी संगठनलाई तीब्र रूपमा अगाडी लैजानुपर्ने बताए । उनले आगामी दिन देशैभरका विद्यालय कर्मचारी आर्थिक र भौतिक रूपमा एकजुट भएर जानुपर्ने धारणा राखे । कार्यक्रममा परिषदका कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीले सरकारले नीतिगत र नैतिक रूपमा कर्मचारीलाई बिभेद गरेकाले अब देशभर आन्दोलनको आधिबेहरी ल्याउन आवश्यक भएको बताए । उनले एउटै थलोमा काम गर्ने शिक्षक र कर्मचारी बीच सरकारले बर्सौ देखि बिभेदकारी नीति ल्याएको बताए ।

 

महाधिवेशनमा नेपाल विद्यालय कर्मचारी परिषदका ७ वटै प्रदेश संयोजक सहित देशैभरबाट ७७ जिल्लाका जिल्ला अध्यक्ष, केन्द्रीय प्रतिनिधि, पर्यवेक्षक लगायतकाको सहभागिता रहेकोे विद्यालय कर्मचारी परिषद ७ नम्बर प्रदेशका अध्यक्ष हरिलाल ओझाले जानकारी दिए । विद्यालय कर्मचारी परिषदमा केन्द्रीय उपाध्यक्ष सशी केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव प्रदीप श्रेष्ठ गरेका थिए । महाधिवेशन आज र भोली गरि दुई दिनसम्म चल्ने ओझाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

निर्मला पन्त प्रकरण : एआइजी बस्नेत नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाण्डौ,पुष २ ।  कञ्चनपुरकाे १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटनामा प्रहरी अनुसन्धानमा भएकाे लापबाहीकाे छानबिन गर्न

१८ दिनदेखि बेपत्ता बैतडीका लक्षिराम लावड मृत फेला

बैतडी , पुस ०२ । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन ,पुस ०२ । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंबाट भारतको चेन्नाइतर्फ जान आउँदै