प्रथम गौरीशंकर क्रिकेट कप - आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए र उग्रतारा युथ क्लब अत्तरिया बिजय

अत्तरिया , जेठ ३० ।
गोदावरी नगरपालिका वडा नं २ मा जारी गौरीशंकर क्रिकेट कपमा आज पनि दुईओटा खेलहरु सम्पन्न भएका छन् । आजकोे पहिलो खेल आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए र जनकल्याण सेकेण्डरी स्कुल बिच भएको थियो । टस जितेर पहिला ब्यटिड् गर्ने निधो गर्दै मैदानमा गएको आयोजक टिम ए ले आफ्नो पुरा ओभर खेल्दै १४४ रन बनाएको थियो ।

 

१४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकल्याण सेकेण्डरी स्कुलले १० ओभरमा अल आउट हुदै मात्रै ५४ रन बनाएपछि जनकल्याण ९० रनले पराजित भएको छ । आजै भएको दोसो्र खेलमा सशस्त्र प्रहरी बाहिनीलाई ३७ रनले पराजित गर्दै उग्रतारा युथ क्लब अत्तरिया बिजय भएको छ । टस जितेर पहिलो ब्याटिड् गरेको उग्रताराले ११ं.२ ओभरमा अल आउट हुदै १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य लिएर मैदानमा गएको सशस्त्र बाहिनीको टिमले १०.३ ओभरमा आउट हुदै ६३ रन बनाएको थियो । प्रतियोगीता अन्तर्गत भोली सेमीफाईनलका खेलहरु हुने खेल संयोजक सुरज ऐडीले जानकारी दिए ।

 

भोलीको पहिलो सेमीफाईनल खेल बिहान आयोजक टिम ए र खानेपानी टोलका बिच र दोसो्  खेल राधाकृष्ण टोल र उग्रतारा युथ क्लब अत्तरियाका बिच हुने उनले जानकारी दिए । १३ ओटा टिमहरु सहभागी रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई ८ हजार नगद सहित मेडल र प्रमाण पत्र र दिृतिय हुने टिमले नगद ४ हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट ब्याट्सम्यान , उत्कृष्ट बलर र राईजिङ् प्लेयरलाई हौसला स्वरुप नगद ५ सय र प्रमाण पत्रले पुरस्कृत गरिने छ । सो प्रतियोगिता गोदावरी नगरपालिका वडा नं २ तेघरीको घरेलु मैदानमा भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ । गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल

विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ ।   जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन

फुटबलको माहाकुम्भ आजबाट शुरु

मस्काे,जेठ ३१ ।  चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै आजबाट  रुसमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो