फुटबलको माहाकुम्भ आजबाट शुरु


मस्काे,जेठ ३१ ।  चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै आजबाट  रुसमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो विश्वकपमा ३२ देश सहभागी हुँदैछन् भने ६४ खेल हुनेछन् । प्रतियोगितमा सात सय ३६ खेलाडी सहभागी हुनेछन् । 

२१ औं संस्करणको फुटबल महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ ।

विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको यस प्रतियोगिताको उद्घाटन भव्य हुने आयोजक फिफाले जनाएको छ । फिफाका अनुसार यसपालिको  उद्घाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरूमा केन्द्रित हुनेछ ।

संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रूपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् ।

दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्वस्टार रोनाल्डो उद्घाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् । उद्घाटन समारोह नेपाली समयअनुसार बेलुका ८ बजे शुरु हुनेछ । 

समारोहमा पाँच सय डान्सर, जिम्न्यास्ट र कलाकारहरूका प्रस्तुती समावेश हुने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् ।

एक महिनासम्म चल्ने विश्वकप प्रतियोगिता मस्कोसहित १० शहरका १२ रंगशालामा हुनेछ । यसपटक पनि पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साविक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरू फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।

प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी