भोली संसदमा प्रदेश ७ को बजेट पेश हुने, ३ देखि ५ बर्ष भित्र प्रदेश ७ कृषिमा पुरै आत्म निर्भर हुने मन्त्री बोहराको दाबी

धनगढी ,जेठ ३१ । 

प्रदेश ७ को सरकारले आगामी आर्थिक बर्ष २०७५÷७६ का लागी झण्डै २५ अर्बको बजेट ल्याउने भएको छ । बजेट  भोली दिउसो ३ बजे संसदमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले पेश गर्नेछन  । बजेटको पुर्व तयारीका बारेमा जानकारी दिन आज  आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै  मन्त्री  बोहराले आगामी आर्थिक बर्षको बजेट  २४ देखि २५ अर्बको हारहारीमा हुने बताए  । संविद्यान कार्यान्वयन पश्चात आएको पुर्ण बजेटले भौतिक पुर्वाधार, कृषिमा आत्मनिर्भर हुने खालका कार्यक्रम, गरिबी निवारण लाई मुख्य प्राथमिकता दिएको मन्त्री बोहराको भनाई छ । शिक्षित र गैर शिक्षितहरुका लागी त्यहि अनुसारको स्वरोजगार कार्यक्रमहरु बजेटमा समाबेश रहेका छन  । बजेटले महिला, दलित र सामाजिक रुपमा उपेक्षित जिवन बाचिरहेकाहरुका लागी लक्षित कार्यक्रम समट्ने मन्त्री बोहराको दावी छ । प्रदेश ७ मा उद्योग, कलकारखानाको विकासका लागी प्रदेश सरकारले लगाउने करमा छुटको ब्यवस्था रहेको उनको भनाई रहेको छ  । उनले  बजेट महत्वकांक्षी नभएको समेत बताए  । प्रदेश सरकारले पहिलो पटक ल्याएको अल्पकालिन बजेट खर्चका लागी प्रदेश सरकारसंग सयन्त्र नभएपनि अहिले पुर्ण बजेट खर्चका लागी संयन्त्र तयार रहेको मन्त्री बोहराको भनाई छ । प्रदेश सरकारले अहिले जिल्ला प्राविधिक कार्यालहरु, डिभिजन कार्यालयहरुबाट रकम खर्च गर्ने गरेको छ । त्यस्तै अन्य संयन्त्रका लागी संघिय सरकार संग पहल भईरहेको मन्त्री बोहराले जानकारी दिए  । प्रदेश ७ को सरकारले संघिय सरकार बाट अनुदान, राजस्व  बाँडफाड र समानिकरण बाट २१ अर्ब बजेट पाएको छ । त्यस्तै १ अर्ब आन्तरिक कर लगायत अन्य शिर्षक बाट उठने अनुमान गरीएको छ ।  सरकारले कृषि लाई बढी महत्व दिएका कारण ३ देखि ५ बर्ष भित्र प्रदेश ७ कृषिमा पुरै आत्म निर्भर हुने मन्त्री बोहराको भनाई छ ।

प्रतिकृया दिनुहोस

सरकारद्वारा २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) साथमा नराख्न सर्वसाधारणलाई आग्रह

काठमाडौं,मंसिर २७।  सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु)  नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी

ग्लोबल अाईएमई बैंकले अत्तरियामा सेवा बिस्तार

अत्तरिया,मंसिर २७।  ग्लोबल अाई एम ई बैंकले आफ्नो शाखा अत्तरियामा स्थापना गरेको छ । बैन्कले १ सय ३३ औ शाखाको रुपमा बिस्तार गरेको हो । अत्तरिया

'बैंकहरु नाफामुखी भन्दा सेवामुखी हुन जरुरी छ'- अर्थमन्त्री झपट बोहरा (भिडियो)

अत्तरिया,मंसिर २६।  महालक्ष्मी बिकास बैंक लिमिटेडले अत्तरियामा बुधबारबाट आफ्नो सेवा विस्तार गरेको छ ।  बैंक संञ्चालक समितीका अध्यक्ष राजेश