प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।   

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद प्रेम आलेले  मन्त्रीहरुमाथि जमिनदारी गरेको आरोप लगाए  । आज संघिय  संसदको बैठकलाई सम्बोधन गर्दै उनले  उक्त आरोप लगाएका हुन  । आलेले  डोटीका लागि आफुले  सुरुमा सात वटा आयोजना दिएको तर मन्त्रीले नै भनेर २ मा झारेको र अन्त्यमा  एउटा पनि नपरेको गुनासो पोखे  ।खेलकुदमन्त्रीलाई प्रश्न गर्दै उनले   डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने,  आफ्नो जिल्ला कास्कीमा २४/२४ वटा योजना हाल्ने गरेको प्रती रोश प्रकट गरे । आफ्नो टाउकोमा देखाउँदै उनले मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’ कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै उहाले  कर्णालीको नाममा जमिनदारी भएको बताए । 

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ