ने.वि.संघ क्षेत्र नं ४ द्धारा अत्तरिया चोकको चारै तर्फ प्रधानमन्त्री ओलीको पुत्ला दहन

अत्तरिया , जेठ ३१ ।
ने.बि.संघ क्षेत्र नं ४ ले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध चर्को आन्दोलन गरिरहेको नेपाली कांग्रेसको भ्रातृसंगठन ने वि संघले आज साझ अत्तरिया बजारमा बिरोध प्रदर्शन गर्दै मुख्य चोकको चारै तिर प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको हो ।

 

गत विहिवार देखि आफुहरुले चरमबद्ध रुपमा आन्दोलन कार्यक्रमहरु गरिरहेको आज एक साता पुगि सक्दा पनि सरकारले आफ्ना कुराहरु नसुनेको भन्दै आज दोसो्र दिन प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको ने.बि.संघ क्षेत्र नं ४ का क्षेत्रिय सभापति गणेश शाहाले बताए । अत्तरिया बजारवाट बिरोध सहितको र्याली निकाल्दै ने.वि.संघका नेता तथा कार्यक्रताहरुले अत्तरिया चोकको चारै तर्फ प्रधानमन्त्री ओलीको पुत्ला माथि फोटो राखेर जलाएका थिए । र्याली पछि अत्तरियामा आयोजना गरिएको कोण सभालाई ने.वि.संघका युवा नेता तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पुर्व ईकाइ सभापति पदमराज ओझाले आधा घण्टा सम्म सम्बोधन गरेका थिए ।

 

उनले सर्वसाधारण जनताको ढाड सेक्ने गरि कम्युष्टि सरकारले हरेक बस्तुहरुमा गरेको मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गरे । आफ्ना मागहरुलाई सरकारले बेबास्था गरेकाले दिनप्रतिदिन आन्दोलनलाई  अझै सशक्त बनाएर लैजाने उनले बताए । यस्तै काण सभालाई सम्बोधन गर्दै क्षेत्रिय सभापति गणेश शाहाले आफ्नो आन्दोलन कुनै ब्यक्ति र पार्टिका लागी नभई सर्वसाधारण जनताको पक्षमा रहेको बताए । उनले सर्वसाधारण जनताको ढाड सेक्ने गरि ओली सरकारले गरेको मुल्यबृद्धिले सबै जनता मारमा परेकाले जनताको आवाज नै आफुहरुले सरकारमा पुञ्याउन यस प्रकारको आन्दोलनलाई जारी राखेको बताए ।

 

आफुहरु सत्यको पक्षमा रहेको छौ उनले भने – कोहि आत्तिनुहोस् , जसरी ओली सरकारले पेट्रोलियम पदार्थ लगाएत अन्य उपभोग्य बस्तुहरुमा मूल्यवृद्धि गञ्यो त्यसरी नै फिर्ता लिन बाध्य हुने छ ।

 

प्रतिकृया दिनुहोस

कन्चनपुरमा दुई बालिकाको नदीमा डुवेर मृत्यु

कन्चनपुर , भाद्र ५ ।  कञ्चनपुरमा  दुई जना बालिकाको  नदीमा डुवेर मृत्यु भएको छ । जिल्लाको  पुर्नवास नगरपालिका -१० विकास बस्तीका बालिकाको  माछा

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर , भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै