वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव

 

काठमाडौं ,माघ २९  ।
आज सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले आर्थिक, सामाजिकलगायतका सबैखाले विषय उठाएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक समाचार बढी छन् । प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएको समाचारलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् । पत्रपत्रिकाहरुले प्रदेश मुख्य मन्त्रीको प्रष्ट चित्र आएकाले अब यसले पूर्णता पाउने जनाएका छन् । एमाले–माओवादी एकता वार्ताको चर्चा पनि आजका पत्रपत्रिकाहरुमा छन् । नयाँ पत्रिका दैनिकमा एकता वार्ता निर्णायक मोडमा पुगेको समाचार छ भने अन्नपूर्ण पोस्ट दैनिकले सरकार गठनलगत्तै पार्टी एकता हुने र त्योभन्दा पहिले एकताको खाका बन्ने लेखेको छ । नयाँ पत्रिकाका अनुसार, एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने प्रस्ताव गरेका छन् । एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक सांसद् छानेको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर लेखेका छन् । एमालेले समानुपातिकतर्फका सांसद् छनोट गरे पनि कांग्रेस–माओवादीले भने टुंग्याएका छैनन् । यसका अतिरिक्त भवन नहुँदा प्रहरीको बिजोग भएको, राज्यलाई छलेर रेडक्रसले ५ अर्ब खर्च गरेको, पूर्वमन्त्रीको उपचार खर्चको बिल ७३ लाख आएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ आफ्नो पहिलो पृष्ठमा छापेका छन् । वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव ,नयाँ पत्रिका दैनिकले आज एमाले–माओवादी एकता निर्णायक मोडमा पुगेको लेखेको छ । समाचार अनुसार एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ । नयाँ पत्रिकाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ । माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेको थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्टपति पनि बनाउन सकिने उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ । यता, अन्नपूर्ण पोस्ट दैनिकले भने एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने लेखेको छ । स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए । समाचार अनुसार, फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ ।

प्रतिकृया दिनुहोस

नयाँ शक्ती पार्टीकी नेत्री लीला भण्डारी एमालेमा प्रबेश

बैशाख १० , धनगढी ।  पूर्व राज्य मन्त्री  तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा

एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख ९ गते पार्टी एकता नहुने

बैशाख ४ , काठमाण्डौ ।  एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख  ९ गते  हुने भनिएकाे पार्टी एकता तत्काल नहुने भएको छ  । अाज बसेकाे एकता संयाेजन

प्रदेश आर्थिक कार्यविधि २०७४ मन्त्री परिषदबाट स्विकृत

चैत्र १५ ,धनगढी ।  प्रदेश सभामा पेश गर्नका लागि प्रदेश आर्थिक कार्यविधि २०७४ स्विकृत भएको छ ।   प्रदेश ७ को बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले