विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ । 
 जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन कार्यालय कैलालीले अनुरोध गरेको छ । कार्यलयले संचारमाध्यमा मार्फत विभिन्न क्लव, संघ÷संस्था, निजी व्यवसायीहरुलाई  आ–आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जन गर्न गराउन अनुरोध गरेको हो प्रशासनले विश्वकपका खेलहरु प्रदर्शन गराउनका लागी केही सर्तहरु अघी सारेको छ ।खेल प्रदर्शन आफ्नो परिसर भित्र मात्र गर्न पाउने ,प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाउने ,खेलको हार-जित लगायतका बिषयलाई लिएर कुनै पनि प्रकारको निषेधित कार्य गर्न-गराउन र खेलाउन नपाईने ,सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाईने ,हो-हल्ला गरी टोल छिमेकमा शान्ति सु व्यवस्थामा बाधा पार्न नपाईने,प्रदर्शन स्थलमा भएको कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवारी आयोजक आफै हुनु पर्ने ,प्रदर्शन स्थलमा प्रचलित कानूनको उल्लंघन हुने गरी कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा  त्यसको नतिजा प्रतिआयोजकआफै पूर्ण रुपमाजिम्मेवार हुनु पर्ने ,आयोजकले शान्ति सुरक्षा सम्बन्धी बिषयमा स्थानीय सुरक्षा निकाय संग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउनु पर्ने लगाएतका सर्त लागु गरेको छ । 

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको