प्रदेश नं ७ सरकारद्धारा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत, भुंढी ठुलो र हातखुट्टा मसिनो भएको मान्छे जस्तो बजेट -प्रतिपक्ष

धनगढी ,असार १ । 
७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसद बैठकमा  प्रस्तुत गरेको हुन्  ।  मन्त्री बोहरालले प्रदेश सभामा आर्थिक वर्ष २०७५÷०७६ को २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेका छन् । चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले ४९ करोड ३० लाख आन्तरिक राजश्व संकलनको लक्ष्य लिएको छ । केन्द्र सरकारले दिएको वित्तीय समानीकरण अनुदान र चालु आर्थिक बर्षको  विनियोजनबाट बचत हुने गरी ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार छ । राजश्व बाँडफाँटबाट आउने ७ अर्ब ५७ करोड १ लाख ६१ हजार र सर्शत अनुदानबाट प्राप्त हुने ६ अर्ब ३२ करोड ७८ लाख र समपुरक अनुदान २ अर्ब र विशेष अनुदानबाट २० करोड प्राप्त हुनेछ ।आगामी बजेटले पुर्वाधार विकास, कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ । अर्थमन्त्रि बोहोराले संसदमा प्रस्तुत गरेको बजेटमा  संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत संरचनाको निर्माण , आवधिक विकास योजना एवं क्षेत्रगत नीति निर्माण , सन्तुलित प्रादेशिक विकास , गरिबी न्यूनीकरण लक्षित कार्यक्रम , कृषिमा आत्मनिर्भरता,    आधारभूत पूर्वाधार विकास,  जलश्रोतको बहुआयामिक उपयोग, वैज्ञानिक एवम् प्रगतिशिल कर प्रणाली मार्फत प्रदेशको राजश्व क्षमता अभिवृद्धि, गुणस्तरीय तथा व्यवसायिक शिक्षाको विकास, आधारभुत र आकस्मिक स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापना, जल, जंगल, जमिन, जडिवुटि, उद्योग र पर्यटनको वैज्ञानिक व्यवस्थापन, शान्ति सुरक्षा एवं अपराधमुक्त समाजको विकास, सूचना प्रविधि मैत्री प्रशासनको विकास, स्वरोजगार उन्मुख कार्यक्रम सञ्चालन , आर्थिक असमानता निराकरण गर्ने जस्तो महत्बकाक्षि योजनाहरु रहेका छन् । बजेट प्रस्तुत गरेपछी पत्रकार सँग कुराकानी गर्दै मन्त्री बोहोराले बजेट यथार्थपरक भएकोले कार्यान्वयन हुने दाबी गरे । "बजेट महत्वाकांक्षी होइन,जनतालाई अपठ्यारो हुने गरी कर बढाइएको पनि छैन" ,उनले भने -" यो संघिय सरकारको नयाँ अनुभब सहितको बजेट हो ,अब कार्यान्वयनको नयाँ संयन्त्र पनि बनेको छ बजेट कार्यान्वयन हुन्छ"। बजेट प्रती प्रमुख बिपक्षी दल नेपाली काङ्रेसले भने परम्परागत रहेको बताएको छ । बिपक्षी दलका नेता डा रण बाहादुर रावलले बजेट कनिका छर्ने मात्रै भएको बताए । "बजेट सन्तुलित छैन,भुडी मात्रै ठुलो र हातखुट्टा मसीनो भएको मान्छे जस्तो छ", रावलले भने "बजेटले सबैतिर समेटन खोजेको तर कार्यान्वयनमा समस्या आउने देखिन्छ" ।     

प्रतिकृया दिनुहोस

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा

भोली संसदमा प्रदेश ७ को बजेट पेश हुने, ३ देखि ५ बर्ष भित्र प्रदेश ७ कृषिमा पुरै आत्म निर्भर हुने मन्त्री बोहराको दाबी

धनगढी ,जेठ ३१ ।  प्रदेश ७ को सरकारले आगामी आर्थिक बर्ष २०७५÷७६ का लागी झण्डै २५ अर्बको बजेट ल्याउने भएको छ । बजेट  भोली दिउसो ३ बजे संसदमा आर्थिक