डोटीमा सुत्केरी आमालाई न्यानो लुगा वितरण अभियान प्रभावकारी बन्दै

डोटी , माघ २९ ।
डोटीको केआईसिंह गाउँपालिकाले गएको साउनदेखि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराएका सुत्केरी आमालाई न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने बानीको विकास होस भन्ने उद्धेश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । सुत्केरी आमालाई ब्लाङकेट तथा जन्मेको बच्चा लाई एक बर्षका लागि पुग्ने न्यानो लुगा बितरण गर्न गाउपालिकाको ७ नम्बर वडा बाट सुरु गरेको वडाका वडाअध्यक्ष हर्कबहादुर विष्टले बताएका छन् । साउन महिना देखि स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउने ४१ जना वडामा आमा तथा बच्चालाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष शाहीले न्यानो लुगा हस्तान्तरण गरेको केआईसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक बोहराले जानकारी दिए । सरकारले आमासुरक्षा कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरेपछि न्यानो लुगा वितरण गर्ने कार्य रकमको अभावमा सुचारु हुन सकेको थिएन तर केआईसिंह गाउँपालिकाले यो अभियानको सुरुवात गरेपछि गाउँपालिकाका स्थानीयहरु निकै खुशी भएका छन् ।

 

प्रतिकृया दिनुहोस

स्वास्थ सिविरमा गाउँपालिका अध्यक्ष नै बिरामीको चेकजाँच गर्दै - स्थानीय हर्षित

डडेल्धुरा , माघ २९ । नबदुर्गा गाउँपालिका डडेल्धुराले २२ गते देखि सञ्चालन गरेको निशुल्क स्वास्थ सिवीर आज वडा नं ३ मा पनि सुरु गरेको छ । प्रत्येक वडामा २

महिलालाई थाइराइड भएको कसरी थाहा पाउने

    थाइराइड यस्तो समस्या हो जसले संसारभरीका धेरै मानिसहरुलाई सताएको छ । यो पुरुषहरुको तुलनामा महिलामा बेसी देखिन्छ । थाइराइड ग्रन्थि घाँटीमा सास

कलेजोबारे जान्नैपर्ने तथ्य

माघ २५ ,काठमाण्डौ ।  केही दिनअघि एउटा च्यारिटी सोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल २५ प्रतिशत कलेजोले बाँचिरहेको सार्वजनिक गरे । थाहा पाउँदा