कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रमा माथिल्लो सतहमा नै पानी भेटिएपछि रेलमार्ग निर्माणमा समस्या हुने

काठमाण्डौ , असार २। 

पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा पश्चिम खण्डका समस्या देखिएको छ ।  कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रका डीपीआरका क्रममा ड्रिलिङ गर्दा माथिल्लो सतहमै पानी भेटिएको हो । राजमार्गमा रहेका पुलहरु पनि पुराना भएकाले पुलहरुको पुन निर्माण गर्नु पर्ने भएको छ । रेल्वे विभागका अनुसार अब ती नदी क्षेत्रमा अन्यत्रको भन्दा पुलसहितका मजबुत पूर्वाधार बनाउनुपर्ने हुन्छ । यो क्षेत्रमा जमिनमुनि ठूलो मात्रामा पानीको स्रोत भेटिएको छ । यसले निर्माणका लागि चुनौति थप्ने विभागका इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।४२१ किलोमिटरको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड-गड्डाचौकी खण्डहरुमा चिनियाँ र कोरियन कम्पनीहरु संलग्न छन् । आगामी नोभेम्बरसम्म पश्चिमतर्फका खण्डको डीपीआर तयार गरिसक्ने योजना छ  पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न