गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ ।
गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल भएको छ । गौरीशंकर टोल सुधार समितिको आयोजनामा यहि जेठ २८ गतेदेखि सुरु भएको सो प्रतियोगिताको फाईलन खेलमा माउन्ट एभरेष्ट युथ क्लब मालाखेतीलाई ६ बिकेटले पराजित गर्दै आयोजकको टिम ए उपाधि जित्न सफल भएको हो ।

 

विजय भएको आयोजकको टिम ए ले नगद ८ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप बिजेता टिम माउन्ट एभरेष्ट युथ क्लब मालाखेतीले नगद ४ हजार सहित मेडल र प्रमाण पत्रमा नै चित्त बुझाउनु परेको छ । टस हारेर ब्याटिङ् गर्ने मौका पाएकोे माउन्ट एभरेष्ट युथ क्लबे आफ्ना पुरै विकेट गुमाएर ६४ रन मात्रै बनाएको थियो । ६५ रनको लक्ष्य सहित ब्याटिङ् उत्रिएको आयोजकको टिम ए ले ५ विकेटको क्षेतिमा ९.३ ओभरमै आफ्नो लक्ष्य भेटाउन सफल भएको थियो । प्रतियोगिताको आयोजकका ब्याट्सम्यान आयोजक  टिम एका खेलाडी दिपक टमटा , उत्कृष्ट बलर माउन्ट एभरेष्ट युथ क्लबका आशिष खड्का र राईजिङ् प्लेयर आयोजक टिम ए का खगेन्द्र साउद भएका छन् । उनिहरुले समान ५÷५ सय नगद र मेडल प्राप्त गरेको छ ।

 

गोदावरी नगरपालिकाका साथै कृष्णपुर नगरपालिकाका १३ ओटा टिमहरु सहभागी रहेको सो प्रतियोगिताहरु नकाउटका आधारमा खेलाईएको खेल संयोजक सुरज ऐडीले जानकारी दिए । गौरीशंकर टोल सुधार समितिका अध्यक्ष विर बाहादुर विकको सभापतित्बमा सम्पन्न समापन कार्यक्रमका प्रमुख अथिति गोदावरी नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्णराज जोशी रहनु भएको थियो । प्रमुख अथिति जोशीले आफ्नो गाउ ठाउका युवाहरुले गरेको पहिलो जमर्को एक दमै सफल रहेएको भन्दै खुसि ब्यक्त गरे । उनले खेलले नै गाउ , ठाउ र देशको विकास हुने भएकाले युवाहरुलाई खेल तर्फ आर्कषित गर्न आफुले आफुले वडावाट बजेट नै छुट्याएको बताए । खेलहरु गोदावरी नगरपालिका वडा नं २ स्थित तेघरीको घरेलु मैदानमा संञ्चालन भएका थिए ।

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय