बर्षात शुरु हुने बेलामा लामितालमा २१ लाखको लगानी हुँदै

 

अत्तरिया ,असार ३ । 
अत्तरिया लामिताललाई पर्यटकिय क्षेत्र बनाउने उदेश्यले असार शुरु हुन लाग्दा धमाधम काम हुन थालेको छ । गोदावरी नगरपालिकाको महत्वपूर्ण योजनाको  रुप्मा रहेको लामीतालमा नगरपालिकाले चालु आर्थिक बर्षमा झण्डै २०  लाख छुट्याएको छ । यस्तै वडा नम्बर २ ले १ लाख रकम छुट्याएको छ ।  लामितालको डि पि आर पनि तयार भएको छ । ४ लाखको लगानीमा डि पि आर तयार पारिएको छ । अत्तरिया बजार सँगै जोडीएको लामितालको पानी सुकाएर अहिले निर्माण कार्य भईरहेको छ । तालको वरीपरी पर्यटकलाई हिंड्ने साँढे तीन मिटरको बाटो बनाइने उपभोक्ता समितीका अध्यक्ष टिका दत्त जोशीले बताए । यस्तै ३० वटा बिश्राम पाटी पनि तालको वरीपरी बनाइने उनले बताए । ढलको पानी सँगै तालमा फोहर मैला आउन नदिन ढलहरुमा  जालीको ब्यबस्था समेत गरीने भएको छ ।गोदावरी नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष कृष्णराज जोशीले उपभोक्ता मार्फत काम भईरहेको जानकारी दिए । उनले बर्षा अगाबै काम सक्न निर्देशन दिएको बताए । उपभोक्ता समितीले असार १५ भित्र काम सक्ने दाबी गरेको छ । अध्यक्ष जोशीले तालमा पानीको अभाब हुन नदिन अाबश्यकता अनुसार बोर जडान गरिने बताए ।  दुर्गालक्ष्मी महिला सामुदायिक बन भित्र पर्ने लामीताल झण्डै ७ हेक्टरमा फैलिएको छ ।ताल बस्ती नजिक भएकोले अतिक्रमणको चपेटामा पर्ने खतरा रहेको स्थानियले बताएका छन् ।शुख्खा याममा तालमा पनि न्युन हुने गरेको छ । सामुदायिक बन आफै अतिक्रमणको चपेटामा पर्दै आएकोले संरक्षणको लागी चुनौती बन्ने सम्भाबना रहेको छ । 

 

 

 

 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु

अत्तरिया , माघ २३ । गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ ।

हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ ।  धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन

हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० ।  केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न