कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन प्रभावित


गोविन्द बीसी , कैलाली असार ४

कैलाली–शिक्षकले कक्षामा पढाउदै गर्दा कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि कैलालीको एक विद्यालयको दैनिक पठनपाठन प्रभावित हुन थालेको छ । जिल्लाको बदगोरिया गाउँपालिका अन्तर्गत वडा नम्बर(३ खैरेनी स्थित जगदम्बिके भगवती माविमा विद्यार्थी पढ्दै गर्दा मुर्छा पर्न थालेपछि विद्यालयको नियमित पढाई प्रभावित हुन थालेको  हो । गएको बर्षदेखि यो समस्या हुन थालेको विद्यालयले प्रशासनले जनाएको छ ।

 

सुरुमा एकदुई जना विद्यार्थीमा मात्रै यस्तो लक्षण देखिएको भएपनि अहिले बिरामी विद्यार्थीहरुको संख्या बढ्दै गएको विद्यालय श्रोतको भनाइ छ । अघिल्लो जेठ महिना यता झनै हरेक दिन समस्या देखिन थालेको विद्यालय स्रोतले जनाएको छ । सोमबार मात्रै ६ जना छात्रा बेहोस भएका छन् । विद्यालयमा कक्षा ३ देखि ९ सम्म अध्ययनरत  ८ देखि १० जनासम्म  विद्यार्थी छात्रामा यो समस्या हुने गरेको छ । खासगरी गर्मीयामको बैशाख, जेठ र असार महिनाको अवधिमा यो समस्या धेरैजसो देखापर्न थालेको छ । निमित्त प्रधानाध्यापक दिलराज गौतमका अनुसार पढ्दै गरेका विद्यार्थी छात्राहरु अकस्मात मुर्छा पर्ने, अर्धचेत अवस्थामा रुने, कराउँने, समूहमा हात बाधेर हिड्ने, विभिन्न कुरा बक्ने गरेका छन् ।  उनीहरूमा टाउको र हातखुट्टा दुख्ने, रिँगटा लाग्ने र रुने कराउँने जस्ता लक्षण देखिने गरेका छन् भने, बिरामीपिच्छे फरकफरक छात्राले फरकफरक लक्षण देखाउने गरेका छन् । अचेत अवस्थाबाट ब्यूँझिएपछि बिरामी छात्राले आफूलाई सास फेर्न गाह्रो हुने, हात खुट्टा दुख्ने, काम्ने, झमझमाउने समस्या हुने गरेको बताएका छन् । विद्यार्थीमा यो समस्या दैनिकजसो देखिएपछि स्थानीय र अभिभावकले आ(आफ्नै तर्क गर्न थालेका छन् ।

 

उनीहरूले कसैले विद्यार्थीमा मास हिस्टेरियाको समस्या देखिएको बताउँछन् भने कसैले भूतप्रेतको समस्या हुने गरेको तर्क गर्दै आएका छन् । दैनिकजसो विद्यार्थीलाई यो समस्या देखिन थालेपछि यसअघि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको निर्देशनमा २ दिन विद्यालय नै बन्द गरिएको थियो । यता, विद्यालयका अभिभावकले समस्याको पहिचान गरि समाधानको उपाय खोजी गरिनुपर्ने बताउन थालेका छन् । उनीहरुले एक समस्याले अर्को समस्या सृजना हुन सक्ने भन्दै समयमै यसतर्फ सबैले सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

बिधालयको भबन भात्किदा पठपाठनमा समस्या

बैतडी ,भाद्र १३ ।   केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ ।

अत्तरियामा रहेको समता स्कुलको अभिभावक भेला कार्यक्रम सम्पन्न

अत्तरिया , भदौ ०९ । समता फाउण्डेसनद्धारा संञ्चालित अत्तरियामा रहेको समता स्कुलको आयोजनामा आज अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । समता स्कुल

कञ्चनपुरको एक विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थी पढाउँदै

कञ्चनपुर , भदौ ०७ । शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका