वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

काठमाडौं  , असार ०४ ।
वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बेलुकी ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उपचारका लागि बेलायत गए पनि डाक्टरहरुले निको नहुने भनेपछि डाक्टर देवकोटा नेपालमा नै प्राण त्याग्ने भन्दै फर्कनु भएको थियो ।त्यसपछि उहाँलाई न्यूरो अस्पतालमा नै राखिएको थियो । गत हप्ता मात्र आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उहाँलाई हेलिकप्टरबाट गोरखा लगिएको थियो । डाक्टर देवकोटाकी ३ छोरी र श्रीमती छन् । डाक्टर देवकोटाको निधन भएको समाचार सुनेपछि उहाँको शुभचिन्तकहरु अहिले अस्पताल पुगेका छन् । डाक्टर देवकोटाको शवलाई श्रदाञ्जलीका लागि भोलि बिहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पताल बाँसबारीमा राखिनेछ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उहाँको काजकिरिया ७ दिनमै सक्ने परिवारले जनाएको छ ।अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनु भएको थियो । वीर अस्पतालमा न्यूरो अर्थात मष्तिस्कको शल्यक्रिया उहाँले नै सुरु गर्नुभएको थियो । पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

यो बर्ष दशैँकाे टिकाको साइत बिहान ९ बजेर २१ मिनेटमा जुर्यो

काठमाण्डौ ,असोज ६ ।  यस वर्षको हिन्दु नेपालीहरुको महान चाड दशैँकाे साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । दशैँको पहिलाे दिन असोज

दशैं अगाढी अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको अडान

काठमान्डौ , असोज ०५ । दशैं अगाढी अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ । सरकारले पेट्रोलियम

संविधान जारी भएपछि जनताका असिमित चाहना र आंकाक्षा अनुरुप काम गर्न सकिएन - मुख्यमन्त्री भट्ट

धनगढी , असोज ३ ।  संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार प्रदेश नं.७ मा भब्य रुपमा संविधान दिवस मनाइएको छ  ।