स्वास्थ सिविरमा गाउँपालिका अध्यक्ष नै बिरामीको चेकजाँच गर्दै - स्थानीय हर्षित

डडेल्धुरा , माघ २९ ।
नबदुर्गा गाउँपालिका डडेल्धुराले २२ गते देखि सञ्चालन गरेको निशुल्क स्वास्थ सिवीर आज वडा नं ३ मा पनि सुरु गरेको छ । प्रत्येक वडामा २ दिने शिवीर सञ्चालन गर्दै आएको गाउँपालीकाले आज वडा ३ डाडाँवनमा पनी सुरु गरेको हो । गाउँपालिकाले सञ्चालन गरिरहेको एकिकृत निशुल्क स्वास्थ्य शिविरमा अध्यक्ष कबिन्द्र बिष्ट आफै पनि बिरामीको चेकजाँच गरिरहेका छन् । २४ वर्ष सम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रुपमा काम गरेका बिष्ट नवदुर्गा गाउँपालिकामा पनि स्थास्थ्य क्षेत्रमा पहिले नै काम गरिसकेकाले स्थानिय नागरीकको आफु प्रति विश्वास कायम रहेको बताउछन् । सिवीरमा जनरल स्वास्थ्य चेक जाँच तथा उपचार सेवा, जेष्ठ नागरीक निशुल्क आखाँ जाँच तथा उपचार सेवा, पाठेघर खसेका महिलाहरुका लागी जाँच, रिङपेशरी राख्ने तथा प्रेषण सेवा, दन्त उपचार सेवा, प्रयोगशाला सेवा, फामेर्सि सेवा, युएसजि (भिडियो एक्सरे) लगाएतका सेवा प्रदान गरिरहेको नबदुगाउँ गाउँपालिका अध्यक्ष बिष्टको भनाइ छ । शिविरमा बढी जस्तो महिलाहरुमा पाठेघर खस्ने, सेतोपानी बग्ने समस्या र ज्येष्ठनागरीकहरुमा प्रेसर, स्वासप्रश्वास, मधुमेह र आखाँको समस्या भएका विरामी देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकाले निशुल्क स्वास्य शिविर संञ्चालन गरेपछि गाउँपालिकाका नागरिक खुसि भएका छन् । सानो तिनो बिरामी भएपनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता रहन गरेकोमा अहिले शिविर सञ्चालन भएपछि आफुहरुले घर नजिकै सेवा पाएको सेवाग्राहीहरु बताउँछन् । सिवीर भोली पनी वडा नम्बर ३ डाडाँबनमा नै सञ्चालन हुने छ भने २ र ३ गते वडा नं वडा नम्बर ३ नबदुर्गामा सञ्चालन हुने छ  । ५ वटै वडामा शिविरको आयोजना गरेको गाउँपालिकाले यसअघि तिन वडामा सम्पन्न गरिसकेको छ । तिन वडामा दुई हजार नौ जनाले सेवा लिईसकेको गाउँपालिकाले जनाएको छ । २२ गते देखि संञ्चालन भईरहेको शिविर यसअघि वडा नं १ कोटेलि, २ मणिलेक र ४ बेलापुरमा सम्पन्न भएको हो ।
 

 

प्रतिकृया दिनुहोस

डोटीमा सुत्केरी आमालाई न्यानो लुगा वितरण अभियान प्रभावकारी बन्दै

डोटी , माघ २९ । डोटीको केआईसिंह गाउँपालिकाले गएको साउनदेखि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराएका सुत्केरी आमालाई न्यानो लुगा वितरण कार्यक्रम

महिलालाई थाइराइड भएको कसरी थाहा पाउने

    थाइराइड यस्तो समस्या हो जसले संसारभरीका धेरै मानिसहरुलाई सताएको छ । यो पुरुषहरुको तुलनामा महिलामा बेसी देखिन्छ । थाइराइड ग्रन्थि घाँटीमा सास

कलेजोबारे जान्नैपर्ने तथ्य

माघ २५ ,काठमाण्डौ ।  केही दिनअघि एउटा च्यारिटी सोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल २५ प्रतिशत कलेजोले बाँचिरहेको सार्वजनिक गरे । थाहा पाउँदा