गोदावरी नगरपालिकाको निती तथा कार्यक्रम माथी टिप्पणी गर्दै स्थानियले भने -समग्रतामा आयो ठोस योजना केही पनि आएनन्

अत्तरिया ,असार ५ । 
कैलालीको गोदावरी नगरपालिकाले अगामी आर्थिक वर्ष २०७५ - ०७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी आज सरोकारवालाहरुसंग अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरेको छ  । यस क्षेत्रका सरोकारवालसंग नगरपालिकाका प्रमुख , उप प्रमुख र कार्यकारी प्रमुखले स्थानियहरु संग छलफल तथा सुझाव सड्कलन गरेका हुन । सुझाब कार्यक्रममा  स्थानियहरुको न्युन सहभागिता रहेकोे थियो ।  

 

कार्यक्रममा सहभागीहरुलाई आगामी आर्थिक बर्षको ४० बुंदा समेटिएको निति तथ कार्यक्रम अध्यनका लागी हल मै  वितरण गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांस बक्ताहरुले निति तथा कार्यक्रम समर्गतामा आएको भएपनि ठोस योजना केहि नरहेको भन्दै आलोचना गरेका थिए । स्थानिय कुमार निरौलाले भने - निती तथा कार्यक्रममा निती मात्रै आएको कार्यक्रम नआएको टिप्पणी गरे । उनले निती तथा कार्यक्रम प्रष्ट नभएको बताए । बिधार्थी नेता गणेश शाहाले निती तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटन नसकेको बताए । मालाखेती अस्पताललाई ब्यबस्थित गर्न नगरपालिकाको नितीमा ठोस कुनै योजना नआएको उनको भनाई रहेको छ । नेकपा नेता आनन्द भट्टले गोदावरी नगरपालिकाले ल्याएको नितीले सबै क्षेत्रलाई समेटन खोजेको भएपनि कुन क्षेत्रलाई फोकस गर्न खोजेको हो त्यो प्रष्ट नभएको आरोप लगाए ।

 

"कहाँ के गर्ने कुन क्षेत्रलाई केन्द्रित गरेरे निती आएको हो त्यो प्रष्ट छैन" ,उनले भने - "हरेक बर्ष नगरपालिकाले एउटा एउटा गौरब को योजना निर्माण गर्नु पर्दछ ,परम्परागत सामान्य योजनाले अब नगरबासीको चाहाना पुरा हुँदैन" ।अत्तरिया चेम्बर अफ कमर्शका अध्यक्ष बिनोद मल्लले ब्यबसायिक क्षेत्रका मुद्दालाई निती तथा कार्यक्रमले समेटन नसकेको बताए । उनले नगरपालिकाले गरिरहेको बिकासका योजनाहरुपनी पारदर्शी हुन नसकेको गुनासो गरे ।  स्थानिय प्रेम राज भण्डारीले निती तथा कार्यक्रम ल्याउँदा वडाहरु बाट नै छलफल गरिनुपर्ने बताए । "जनप्रतिनिधि आएको एक बर्ष भयो तर पनि शैली पुरानो देखियो," उनले भने- "सिंहदरबारको अधिकार गाउं गाउँमा आएको भनिएपनी निती योजना छनौटमा त्यस्तो हुन सकेको छैन" ।  

 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई