सरकारले सहज र भरपर्दो सेवा दिन नसकेको कैलालीका सिकलसेल पिडितहरुको गुनासो

धनगढी , असार ०६ ।
सरकारले आफुहरुलाई सहज र भरपर्दो सेवा दिन नसकेको कैलालीका सिकलसेल पिडितहरुको गुनासो गरेका छन् । विश्व सिकलसेल दिवसको अवसरमा सिकलसेल नेपालद्धारा आज धनगढीमा आयोजित कार्यक्रममा सहभागी कैलालीका सिकलसेल पिडितहरुले सरकारले आफुहरुमाथि विभेद गरेको आरोप लगाएका छन् । प्रभावकारी सेवा नपाउँदा गर्मी र चिसो सहन नसकिने भएकाले कुन समयमा  विरामी परिन्छ पत्तो नलाग्दा समस्या हुने गरेको भन्दै पिडितहरुले दुःखेसो पोखेका छन् ।

 

आफुहरुको उपचारका लागी सरकारले दिने रकम न्युन रहेको सकलसेल पिडित सिना रानाले गुनासो गरिन । सरकारले हाल सिकलसेलका बिरामीलाई एक लाख बराबरको निशुल्क उपचार दिदै आईरहेको छ । तर एक लाखको निशुल्क उपचारले नभ्याउने भएकाले विरामीहरु समस्यामा पर्ने गरेको अर्का पिडित रामदयाल चौधरीले वताए । स्थानीय सरकार गठन भएपछि स्थानीय स्तरमै सहज रुपमा उपचार सेवा पाउने आशा गरका सिकलसेल पिडितहरुले जिल्लाका कुनै पनि स्थानीय तहले सिकलसेलका विरामीको उपचारका लागि कुनै कदम नचालेकाले यस तर्फ प्रदेश सरकारको ध्यान जानु पर्ने उनिहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

डडेल्धुरा अमरगढीका मेयर ओझाले गरे मेयर कोषको स्थापना

डडेल्धुरा ,कार्तिक १३।  अमरगढी नगरपालीकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले मेयर कोषको स्थापनन गर्ने घोषण गर्नु भएको छ ।  नगरप्रमुख ओझाले सरकारी

टीकापुर अस्पतालमा नगरवासीलाई नि:शुल्क रक्त सेवा दिन शुरु

टिकापुर,कार्तिक ८ ।  टीकापुर नगरपालिकाले बिहीवार (आज) देखी  टीकापुर अस्पतालमा उपचार गर्ने नगरवासीलाई निशुल्क रक्त सेवा दिने भएको छ ।नेपाल रेडक्रस