योग दिबसको अबसरमा ७ नम्बर प्रदेशका सबै मन्त्रीद्वारा योग अभ्यास

धनगढी , असार ७ । 
योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रिय  योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्रीभट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा संचालन गरिने बताए । हरेक मानवको पहिलो सम्पती भनेकै स्वास्थ्य भएको र श्वस्थ रहन योग गर्न जरुरी रहेको उनको भनाई रहेको छ  । मुख्यमन्त्री भट्टले भने - आफ्ना गलत आनिवानी र खानपानलाई अहिले देखि त्यागौ, तपाई हामि श्वास्थ भय मात्रै प्रदेश श्वस्थ रहन्छ र श्वस्थ प्रदेशले सम्बृधि र विकास पनि चाँडो हुन्छ । यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दिर्घ सोडारीले प्रदेश ७का श्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताए  । विकट तथा दुर दराजका बस्तिहरुलाई पनि श्वास्थ्य पहुँचमा ल्याउन सामाजिकविकास मन्त्रालय कटिबद्द रहेको उनको  भनाई छ । चौथो अन्तराष्ट्रिय  योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो । सरकारी, गैर सरकारी निकाय तथा सर्वसाधारणको उपस्थितीमा धनगढीको चौराहाबाट बिभिन्न योग मैत्रीनारा सहित सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीका सहभागीहरुले सामाजिकविकास मन्त्रालयको प्रांगणमा योगाभ्यास समेत गरेका थिए  । योगा अभ्यासमा प्रदेश नम्वर ७का सबै बिभागीयमन्त्रीहरुको सहभागीता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई