यूएईविरुद्ध नेपाल ४ विकटले विजयी , कप्तान पारस खड्काको अर्धशतक

काठमाडौं ,माघ २९ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए  दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले पनि उनलाई साथ दिन सकेनन् र ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए तर, आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्का मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए । आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए । रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो । युनाइटेड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो नेपालका सोमपाल कामीले ४ विकेट लिँदा सन्दिप लामिछाने ३ विकेट हात पारे । पारस खड्काले २ विकेट लिए भने करण केसीले प्रतियोगिताकै पहिलो विकेट हात पारे ।
क्यानडा शीर्ष स्थानमा

गर या मरको अवस्थामा रहेको नेपालको यो जितसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । तर, लगातार तेस्रो खेल जितेको क्यानडा ६ अंकका साथ शीर्ष स्थानमा छ । उसले आइतबार केन्यामाथि ५९ रनको जित निकालेको छ ।

 

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन