गोदावरी नगरपालिकामा कैलालीका अन्य स्थानिय तहको भन्दा उतक्रष्ट काम भएको छ , प्रचार मात्रै गर्ने काम नगर्ने मेरो स्वभाब नै छैन - मेयर हरि सिं सावंद

अत्तरिया ,असार १० । 

स्थानिय निकायमा जनप्रतिनिधी आएको झण्डै १ बर्ष पुगेको छ । जनप्रतिनिधी आएपछी बिकासले गती लिने कुरामा स्थानिय नगरिक आशाबादी रहंदै आएका छन् । सात नम्बर प्रदेशको केन्द्रमा रहेको र सम्भाबित यस प्रदेशको राजधानीको रुपमा हेरीएको गोदावरी नगरपालिकामा कैलालीका अन्य स्थानिय निकाय भन्दा राम्रो काम भएको नगरपालिका मेयर हरि सि साउंदले दाबी गरेका छन । यही सेरोफेरोमा रहेर गोदावरी अनलाइनको लागी गोबिन्द रोस्याराले गरेको कुराकानी ।

तपाईं जनप्रतिनिधी भएको एक बर्ष भयो ,कस्तो बित्यो एक बर्शे कार्यकाल ?

एक बर्ष राम्रो रह्यो ,जनताको अपेक्षा धेरै छैन तर निर्बाचित जनप्रतिनिधी आएपछि जनतामा उत्साहा आएको मैले महशुश गरे । केही कुरा कानुनी रुपमा समस्या पनि रहे ,कानुन नबन्दा केही समस्या पनि झेल्नु पर्यो । समग्रमा उप्लब्धी पूर्ण नै रह्यो। 

तपाईंले निर्बाचनको बेला घोषणा पत्र मा उल्लेख गरे अनुसार नै काम गर्नु भयो त ?

हो घोषणा पत्र अनुरुप नै काम गर्ने योजना मा छौ र गरीरहेका छौ । तर कानुनी रुपमा केही समस्या रहे । शुकुम्बासीहरुको ब्यबस्थापन गर्छौ भनेका थियौ तर प्रदेशले कानुन नबनाउंदा समस्या भएको छ तर हामी एलानी जग्गा ब्यबस्थापन गर्न  प्रतिबद्ध छौ ।  वडाहरुको भौतिक पूर्बाधार नहुँदा पनि समस्या भयो । गोदावरी नगरपालिका केही वडाहरु भौतिक रुपमा बिकट छन । चाप सल्लीमा पहिलो नगर सभाबाट पास गरेको गाउघर शहरी क्लिनिक सेवा उपलब्ध गरायौ । फुलबस्तीमा पनि क्लिनिक सन्चालनमा आएको छ । धेरै काम घोषणा पत्र अनुसार नै हुँदैछ ।

तपाईं निर्बाचित भएपछी ति दुर्गम बस्ती पुग्नु भयो त ?

म धेरै पटक त जान सकेको छैन । तर यसपाली चाप सल्ली हुँदै नायल सम्म सडक पुगेको छ । स्थानिय जनता खुशी भएका छन । फुलबस्ती पनि बिकट छ जनतालाई धेरै दु:ख छ । फुलबस्ती बाटो पुर्याउन २०लाख बजेट बिनियोजित भएको छ । त्यांहा बाटो  पुग्ने क्रममा छ । स्वास्थ्य शिक्षाको पनि त्यहा समस्या छ जहाँ बिकट छ त्यहाको कामलाई नगरपालिकाले पहिलो प्राथमिकता राखेको छ ।

गोदावरी नगरपालिका सात नम्बर प्रदेशको केन्द्र हो सम्भाबित राजधानी पनि तपाईं सँग  नगरपालिकालाई नमुना बनाउन सक्छु भन्ने के त्यस्तो सपना छ ?

यो सबैको पहलमा हुने काम हो ,टिमवोर्कबाट हुने काम हो । तर अत्तरियामा रहेको बसपार्क को डिपिआर बनेको छ , लामिताललाई पनि प्राथमिकता छ ,गोदावरीलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने ब्रहत योजना छ । गोदावरी देखी बुडेतोला सम्म केबुलकार बनाउने योजना छ । नाईल तालको पनि योजना बनाउदै छौ ,भल्कामा गौशाला बनाउने कार्य पनि जारी रहेको छ।  नगरपालिकाको गुरु योजना बनाउने काम पनि एडि बी ले  गर्दै छ । चुनौती भनेको भोकाधिकारको रहेछ । यि सबै योजनाहरुलाई पहिले नगरपालिकाको मातहतमा ल्याउन सके काम गर्न सहज हुन्छ । तीनवटा पुलहरु चैतन्यपुर,लालपुर र गेरुपानीमा फुलको डि पि आर भईसकेको छ ।

कृषि, स्वास्थय र शीक्षा  क्षेत्रमा के के गर्दै हुनुहुन्छ ?

ब्यबशायिक रुपमा नै कृषिलाई  अगाढी बढाउने , उन्नत जातको केती गर्ने ,पकेट क्षेत्र निर्माण गर्ने ,कोल्ड स्टोर बनाउने काम पनि योजनामा रहेको छ । किसानहरुलाई उन्नत खेतीमा आक्रषण गर्ने ,प्रत्साहान गर्ने गरी निती बनाउदै छौ । ब्यबहारिक सिक्षाको लागी पनि निती बनाएर अगाढी बढाउने योजनामा छौ । प्राबिधिक शिक्षालाई जोड दिने भनेका छौ । स्वास्थ्य सबैको पहुंचमा हुनुपर्छ भन्ने नितीलाई योजना बद्धरुपमा लैजाने छौ ।

  चालु अा.बमा वडामा भएका कामहरु प्रती सन्तुष्ट हुनुहुन्छ ,अनुगमन गर्नु भएको छ  ?

वडामा धेरै कामहरु भएका छन । स्थानिय जनतालाई बुझ्नुहोस उहाँहरुले भन्नु हुन्छ । केही बाटोघाटोमा ग्राबेलामा समस्या भएको छ । बाटोहरु साघुरो छन मापदण्ड अनुसार ग्राबेल भएको छैन । १२ फिटको बाटोमा पनि ग्राबेल भएको छ तर अहिले बनेका नयाँ बाटोहरु २० फिटको बाटो र ४ फिट नाली बनाउन वडा अध्यक्षलाई निर्देशन दिइएको छ ।

बजार क्षेत्रमा भएका नालाहरु मासिदै गएका छन तपाईंलाई कुनै जानकारी छ ?

हो म जानकार छु ,अहिले ६ लाइन को सडक निर्माणको कार्य भईरहेकोले पानी निकास गर्न गार्हो हुने सम्भाबना रहेको छ । अहिले नै काम गर्दा बाटोको काममा नगरपालिकाले ब्यबधान गरेको सन्देश जान सक्छ भनेर हामीले काम शुरु गरेका छैनौ तर वडा अध्यक्षहरु सँग छलफल भएको छ त्यो बिषयमा पनि छिट्टै योजनाबद्ध रुपमा अगाडी बढछौ । 

नगरपालिकाको भबन किन अहिले सम्म बन्न सकेन ?

नगरपालिकाको आफ्नो जग्गा छैन त्यसैले समस्या भएको हो । हामीले वडा नम्बर दुई तेघरीमा १५ कठ्ठा जग्गा खरिद गरेका छौं । एडिबीले भबन बनाउने भनेको छ । असारमा नै भबनको टेण्डरको काम हुने भनेको छ । भबनको नक्सा बनाउने काम भईसकेको छ ।   

नेपाली कांग्रेसले  एउटा आरोप लगाएको छ, अहिले जननिर्बाचित आएपछि भने जस्तो काम हुन सकेन  ?

प्रतिपक्षको त्यो धर्म हो तर बिकास कती भएको छ् त्यो कुरा जनतालाई सोध्दा हुन्छ नि , अनुगुमन गर्दा हुन्छ । तर मैले के पाएको छु भने जनतामा बिकासले सकारात्मक सन्देश दिएको छ । जनतामा कुनै निराशा देखिएको छैन । 

तपाईं मेयर भएपछि  आफ्नो पार्टी सँग नि कुनै छलफल नै  गर्नु हुन्न रे आफ्नै सिमित घेरामा बस्नु भएको छ रे हो  ?

होइन म सबै सँग सल्लाह गरेर नै अगाढी बढेको छु , कहिलेकाही पार्टी भन्दा माथि उठेर काम गर्नु पर्ने हुन्छ। राजनितीबाट नै म यो ठाउँमा पुगेको हो । परिस्थिती अनुसार कहिलेकाँही पार्टी को लाइनमा हिंड्नु पर्छ , कहिलेकाही जनताको कुरा सँग हिंड्नु पर्छ ।

तपाईंको स्वभाब अली अन्तरमुखी खाले  ,चुनाब जितेपछि  सबै सँग सहकार्य नगर्ने , आफुले गरेको काम पनि प्रचार गर्न नजान्ने खालको भन्ने पनि आरोप छ नि  ?

होइन मेरो स्वभाब नै प्रचार गर्ने छैन , मैले गरेको काम जनताले मुल्याङन गर्ने हो । काम कम गर्ने बढी बोल्ने मेरो स्वभाब नै भएन ।   काम नै मेरो पहिलो प्राथमिकता हो कामले नै जनताको मन जित्ने मेरो निती हो ।                                

प्रतिकृया दिनुहोस

धेरै ठुलो चमत्कार र कायपलट गर्न नसके पनि प्रदेश सातमा अब हामी राम्रो शुरुवात गर्छौ- मुख्यमन्त्री त्रिलोचन भट्ट

धनगढी ,असार २३ ।  प्रदेस सातको सरकार बनेको झण्डै ५ महिना भयो । नेपालमा संघियता लागु भए पछि बनेको पहिलो सरकार सँग नागरिकका धेरै अपेक्षा रहेका छन् ।

माओवादी आन्दोलनको त्याग, तपस्या र बलिदानलाई स्वीकार नगरे एकतामा समस्या आउन सक्छ–प्रचण्ड

प्रचण्ड, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष । तीन दशकदेखि नेपालको राजनीतिमा एउटा विशिष्ट स्थान र निर्णायक प्रभाव राख्न सफल राजनीतिज्ञ । माओवादी

यो मेरो करिअरको अन्तिम समय हो -ब्याँकर अनिल केशरी शाहा

  बैंकर अनिल केशरी शाह पछिल्लो समय राष्ट्र बैंकले लगाएको ‘कुलिङ पिरियड’को फन्दामा परेका छन् । ‘कुलिङ पिरियड’ समाप्त नहुँदै उनी निमित्तकै