सात नम्बर प्रदेशमा मन्त्री बन्न लबिङ शुरु

माघ २९ ,धनगढी प्रदेश नम्बर सातमा प्रदेशका सांसदबीच मन्त्री बन्न लबिङ शुरु भएको छ । बाम गठबन्धनको सरकार बन्ने भएपछी माओबादी केन्द्र र एमालेका सासदहरु मन्त्री बन्नको लागी शक्ती केन्द्र धाउन थालेका छन फागुन ५ गतेभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक सीमा रहेको छ । मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेको प्रदेश मन्त्रिमण्डलमा एमालेले कम्तीमा ५ वटा मन्त्रालय पाउने सम्भाबन रहेको छ  । माओवादी केन्द्रले मुख्यमन्त्रीसहित २ र एमालेले कम्तीमा ५ मन्त्रालय पाउने नेताहरुले बताएका छन । प्रदेश सातमा बाम गठबन्धनको तर्फबाट एमालेका अर्जुन थापाको मात्रै सभामुखमा उम्मेदवारी परेकोले उनी सोमबारको ससद बैठकबाट सभामुख चयन हुँदै छन ।एमालेमा ससदिय दलको नेता र मन्त्रीहरुको प्रमुख दाबेदार सासद प्रकाश शाह , दीर्घ सोडारी, तारा लामा तामाङ रहेको एमाले स्रोतले जनाएको छ । ६ वटा मन्त्रालय पाउने सम्भावना रहको एमालेमा मन्त्रीका लागि सांसदहरू पूर्णा जोशी, नेपालु चौधरी, माया भट्ट, चुनकुमारी चौधरी, प्रकाश रावल, कृष्ण राज सुबेदी लगायतले दौडधुप जारी राखेका छन  । माओबादी केन्द्रमा मुख्यमन्त्रीमा डोटीबाट निर्बाचित सासद त्रिलोचन भट्ट सिफारिस भएका छन भने मन्त्रीका लागी बिनिता चौधरी झपट बोहरा, मान बाहादुर सुनार , देबकी मल्ल लगाएतले प्रदेश इन्चार्ज लेख राज भट्टलाई रिझाउन थालेका छन । माओबादीमा मुख्य मन्त्रीका दाबेदार रहेका वीरभान चौधरी, मान बहादुर धामी ,अक्कल रावलको ब्यब्स्थापन पनि माओबादीको लागी चुनौती पूर्ण रहेको छ । संविधानको धारा १८६ उपधारा २ को प्रावधानअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । सभामुख को सपथपछी उपसभामुख र मुख्य मन्त्रीको टुण्गो लाग्ने र प्रदेश सरकार गठन प्रकृया अगाढी बढने सनसद सचिबालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

नयाँ शक्ती पार्टीकी नेत्री लीला भण्डारी एमालेमा प्रबेश

बैशाख १० , धनगढी ।  पूर्व राज्य मन्त्री  तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा

एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख ९ गते पार्टी एकता नहुने

बैशाख ४ , काठमाण्डौ ।  एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख  ९ गते  हुने भनिएकाे पार्टी एकता तत्काल नहुने भएको छ  । अाज बसेकाे एकता संयाेजन

प्रदेश आर्थिक कार्यविधि २०७४ मन्त्री परिषदबाट स्विकृत

चैत्र १५ ,धनगढी ।  प्रदेश सभामा पेश गर्नका लागि प्रदेश आर्थिक कार्यविधि २०७४ स्विकृत भएको छ ।   प्रदेश ७ को बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले