जन्मेको दिनदेखी आन्दोलन र तालाबन्दी झेल्दै सुदुरपश्चिम विश्वबिधालय

महेन्द्रनगर ,असार १४ । 
जन्मेको दिन देखी नै आन्दोलन खेप्दै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय  राजनीतिकरण र आन्दोलनको अखाडा बनेको छ । तत्कालिन केपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा लागेको ताला लागेको दुई साता वितेको छैन फेरी  बुधबार विश्वविद्यालयका सबै विभाग र केन्द्रीय क्याम्पस प्रिन्सिपलको कार्यकक्षमा समेत तालबन्दी गरिएको छ ।केन्द्रीय क्याम्पस बन्द रहेको दुई सातापछि विश्वविद्यालयका सबै विभागीय प्रमुख र केन्द्रीय क्याम्पसका प्रिन्सिपलको कार्यकक्षमा बुधबार क्रान्तिकारीले नै तालाबन्दी गरेको हो । यसअघि मंगलबार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पनि मानविकी तथा समाजशास्त्र विभागमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका विभागीय प्रमुख खगेन्द्र जोशीले विश्वविद्यालय नेतृत्वबाट हुँदै आएका गैरजिम्मेवार, अनियमित तथा पदीय दुरुपयोगसँग सम्बन्धित क्रियाकलापविरुद्ध असार ६ गते शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई १३ बुँदे ज्ञापनपत्र पठाएका थिए । जबाबमा  विश्वविद्यालयले  विभागीय प्रमुख जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयमा काजमा सरुवा गरेको छ । जोशी गत फागुन २० गते विभागीय प्रमुख बनेका थिए । विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. द्विजराज भट्टद्वारा हस्ताक्षरित पत्रमा विभागमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त विभागीय प्रमुखको जिम्मेवारी तोक्न समेत डिनको कार्यालयलाई बोधार्थ पत्र दिइएको छ । २०६८ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकूलपति भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्ट नियमितरुपमा कार्यक्षेत्रमा नखटिएको भन्दै विरोध हुँदै आएको छ । 

प्रतिकृया दिनुहोस

शैक्षिक हडतालको कारण पठन पाठन ठप्प

अत्तरिया,माघ २४ ।  बिप्लब माओवादी निकट खिल (क्रान्तिकारी)ले विहीबार (आज ) गरेको  शैक्षिक हडताल को कारण पठन पाठन ठप्प भएको छ । अखिल क्रान्तिकारीले

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७६

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो