आज धान दिबस ,सात नम्बर प्रदेशका मन्त्रीहरु खेतमा हलो जोत्दै

अत्तरिया ,असार १५ । 
आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर यो दिबस  मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन याे दिवस मनाइँदै अाएकाे छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष यो दिवस सरकारी तहबाट नै मनाउने गरिएको छ । प्रदेश नम्वर ७ का मन्त्रीहरुले  पनि खेतमै गएर रोपाइ गरेका छन् । कैलालीको मुसुरिया ,कैलारी गाउँपालिकामा बिशेष कार्यक्रमको आयोजना गरी दिबस मनाइदै छ । सात नम्बर प्रदेशको कृषि मन्त्रालयले रोपाई कार्यक्रमको आयोजना गरेको हो । मन्त्री दिर्घ सोडारी ,झपट बोहोरा,प्रकाश शाहा लगाएतकाले  खेतमा गएर हलो समेत जोतेका छन । निती नियम बनाउने मन्त्रीहरु एक दिन खेतमा गएर रोपाइ गर्नुको खासै अर्थ नरहने भन्दै सामाजिक सन्जालमा चर्को आलोचन समेत भएको छ । कैलाली धान उत्पादन धेरै गर्ने जिल्लामा पर्ने गर्दछ ।  
 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु

अत्तरिया , माघ २३ । गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ ।

हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ ।  धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन

हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० ।  केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न