प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ । 
निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षको मौन समर्थनमा २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेट पारित भएको हो  । असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि लगातार १५ दिन छलफल भएको थियो ।  बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधले तीन दिन सदन अबरुद्ध भएको थियो । आजको  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बोहराले बजेटमा उठेका प्रश्नबारे जवाफ दिएका थिए । उनले बैठकमा आएका सुझावलाई मनन  गरी अघि बढ्ने बताए ।  मन्त्री बोहोराले प्रतिपक्ष र सरकारबीच भएको भद्र सहमति पूर्ण पालना गर्ने प्रतिपद्धतापछि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले पनि बजेट पारित गरियोस् भन्ने प्रस्तावमा मौन समर्थन जनाएका थिए ।
 
 

प्रतिकृया दिनुहोस

अत्तरिया उधोग बाणिज्य संघमा प्रजातान्त्रिक ब्यबसायीहरुको नेत्रित्व गर्दै देबकोटाको टिम सार्बजनिक( भिडियो सहित )

अत्तरिया ,असोज ५ ।  आगामी १२ गते हुने अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी दुई प्यानल चुनाबी मैदानमा होमिएका छन् । कार्यसमितीका

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी टिकाराम आचार्य नेत्रित्वको टिम सार्बजनिक

अत्तरिया , असोज ४ ।  अत्तरिया उधोग बाणिज्य संघको आगामी असोज १२ गते हुने अधिबेशनबाट चयन हुने नयाँ नेत्रित्वको लागी  सहमती नभएपछि दुई प्यानलका बिच

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी कसरत शुरु ,आगामी असोज १२ गते साधारण सभा हुने

अत्तरिया ,भाद्र ३० ।  अत्तरिया उधोग बाणीज्य संघको  साधारण सभा आगामी असोज १२ गते हुने भएको छ । बर्तमान कार्यसमितीको तीन महिना थपिएको कार्यकाल पनि