अत्तरिया कृषि उपज थोक बजार झण्डै १८ बर्ष पछि सफल बजारको रुपमा स्थापित हुदै

धुर्ब ओझा,अत्तरिया माघ २९ ।
कैलालीको अत्तरिया स्थित कृषि उपज थोक बजार समिती बिगतको भन्दा अहिले सफल बजारको रुपमा स्थापित भएको छ । २०५५ सालमा स्थापना भएको बजार सुदुरपश्चिमकै पहिलो बजार हो । दामन कृषि फाराम बन संग साटेर कृषि मन्त्रालयले २०६२ सालमा ३ बिघा १८ कट्टा जग्गा उक्त बजारलाई उपलब्ध गराएको थियो । केहि बर्ष अगाडी ९५ प्रतिशत फलफुल र तरकारी भारतबाट आयात हुने गर्दथ्यो भने अहिले ९० प्रतिशत तरकारी सुदुरपश्चिमको कैलाली,कञ्चनपुर लगायत पहाडी जिल्लामा उत्पादन गरिदै आएको समितीका अध्यक्ष नन्दलाल भट्टले बताए । नगरपालीका, एसियाली बिकास बैक, रिज्म एफएम, बिभिन्न संघ संस्था, जिल्ला कृषि बिकास कार्यालय, सरोकारवाला निकायले कृषि क्षेत्रमा किसानलाई तालिम, आर्थिक लगायतका सहयोग गर्दै आएका छन । तर आलु, प्याज, अंगुर, स्याउ र केरा लगायतका तरकारी फलफुलहरु अझै भारतबाटै आयात भईरहेको अध्यक्ष भट्टले बताए । यता कैलालीमा आलुर प्याज लगायतको उत्पादन हुन नसकेको र भारतका किसानसंग यहाका किसानहरुले प्रतिस्पर्धा गर्न नसक्ने भट्टले बताए । बिउबिजन,मलखाद लगायतका सामाग्रीहरु बढी लागतमा खरिद गर्नुपर्ने भएकाले भारतका किसानसंग यहाका किसानहरुले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई छ ।  कैलालीबाट पहाडी जिल्लाहरुमा पुग्दा सम्म बिभिन्न ठाउमा जिल्ला बिकास कर लाग्ने धेरै ठाउमा करदाता ठेकेदाहरुले दुख दिने गरेको बताईएको छ । कैलालीमा अहिले जिल्ला बिकास कर समस्या नरहेको तर कञ्चनपुर लगायत पहाडी क्षेत्रमा अझै कायमै रहेको छ । अत्तरिया स्थित कृषि उपज थोक बजारमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी लगायत पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी फलफुल अयात हुन्छ भने कैलाली, कञ्चनपुर लगायत पहाडी क्षेत्र डडेल्धुरा, डोटी, अछाम ,बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, नेपालगञ्ज सम्म यहाको तरकारी फलफुल निर्यात भईरहेको उनले बताए । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी जिल्लाहरुले पछिल्लो समयमा तरकारी फलफुल उत्पादन गरिरहेको छ । नगरपालीकाले ब्यबसायीक बनाउनलाई किसानहरुको छनौट गर्नुपर्ने र किसानहरुलाई तालिम दिनुपर्ने भएको छ । किसानहरुले जनचेतनाको अभाबमा बढि बिषादी प्रयोग गर्दा जमिनको उर्बराशक्ती नास हुनुका साथै उत्पादन गरिएका फलफुल तरकारीहरु बजार सम्म ल्याउने गर्दछन ।  अहिले अत्तरिया स्थित कृषि उपज थोक बजारमा बिषादी नाप्ने लेबोटी मेसिन राखिएको छ । नेपालका सात ओटा कृषि उपज थोक बजारमा बिषादी नाप्ने लेबोटी मेसिन राखिएको छ,त्यस मध्ये कैलालीको अत्तरिया स्थित कृषि उपज थोक बजार पनि एक बजार रहेको अध्यक्ष भट्टले बताए । उपभोक्ताहरु बिषादीबाट सुरक्षित रहुन र बिषादी रहित तरकारी फलफुल उपभोग गर्न पाउन भन्ने उद्देश्यले मेसिन राखिएको हो । भारतबाट आयात हुने तरकारी फलफुलमा कम बिषादी देखिने र यहा उत्पादन गरिएका तरकारी फलफुलमा बढि बिषादी  देखिएको बिषादी नाप्ने प्राबिधिकहरुले बताएका छन । मलखाद बिउबिजनहरु,मेहनत गरि कृषिमा रेखदेख गर्नसके राम्रै आम्दानी हुने किसानहरुले बताएका छन । कृषि बजारमा एक करोड ५१ लाख को लागतमा कोल्ड स्टोर निर्माण भईरहेको छ । कोल्ड स्टोरमा छ सात दिन सम्म तरकारी,फलफुल राख्दा ताजा रहने छ । बजारमा ३२ ओटा स्टल,४२ ओटा गाडी, ४२ ओटा गाडी चलाउने डा«ईभर,हेल्परहरु रही दैनिक करिब एउटा स्टलले ५० देखी एक लाख सम्म अम्दानी गरिरहेका छन । नेपालमा पहिलो दर्ता प्यान नम्बर लिने बजारमा अत्तरिया कृषि थोक बजार रहेको भट्टले बताए । किसान चौतारीको स्थापना,बजार वरीपरी पर्खाल, गेट निर्माण, ढलको निकास लगायतका बिकास योजना निर्माण गरि कृषि उपज थोक बजार सफल बजारको रुपमा अगाडी बढी रहेको समितीका अध्यक्ष भट्टले बताए । साथै कृषि बजार संगै दुग्ध बिकास केन्द्र समेत रहेको छ ।

प्रतिकृया दिनुहोस

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना

कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित

धनगढी , साउन २० । कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । किसानहरूले आज धनगढीमा विरोध

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको अफिस स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउने गृहकार्य थलानी गर्दैछौं - पर्यटनमन्त्री रबिन्द्र अधिकारी

धनगढी ,असार ३१ ।  संघिय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको