सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश ७ का १४ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको स्वीकृति दियो

अत्तरिया ,असार १९ । 
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश ७ का १४ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको स्वीकृति दिएको छ । सोमबार विश्वविद्यालयले सबै क्याम्पसका कर्मचारीलाई नियुक्ति दिएको छ ।शिक्षा, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच भएको सहमितअनुसार नयाँ दरबन्दीसहित १४ क्याम्पस आंगिक भएका हुन् । सबै क्याम्पसका प्रमुखलाई जिम्मेवारीसहित नियुक्ति पनि दिएको छ ।विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. द्विजराज भट्टले शैक्षिक, भौतिक र प्रशासनिक रूपमा चुस्त बनाएर उत्कृष्ट क्याम्पसका रूपमा सञ्चालन गर्न क्याम्पस प्रमुखलाई निर्देशन दिए । विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा भट्टको जोड थियो ।त्यस्तै, नेपाल पब्लिक प्राध्यापक संघ, प्रदेश ७ का इन्चार्ज एवं दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई देशकै उत्कृष्ट विश्वविद्यालयको रूपमा स्थापित गर्न संघर्ष जारी रहने बताए ।

चार सय ४४ दरबन्दी
यहाँका १५ क्याम्पसलाई आंगिक बनाउन चार सय ४४ दरबन्दी सिर्जना गरिएको थियो । त्यसका लागि अर्थ मन्त्रालयले स्वीकृति पनि दिएको थियो । तर, कैलाली बहुमुखी क्याम्पस आंगिक प्रक्रियामा सहभागी नभएपछि १४ क्याम्पसका कर्मचारीलाई नियुक्ति दिइएको हो ।सुप विश्वविद्यालयका साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका १० क्याम्पसका दुई सय तीन दरबन्दीका लागि २९ करोड ३७ लाख ७८ हजार दुई सय २५ रुपैयाँ विनियोजन गरिएको छ । यसका लागि गत २१ भदौमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यी हुन् १४ क्याम्पस

टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली
दुर्गालक्ष्मी बहुमुखी
क्याम्पस, अत्तरिया, कैलाली
त्रिवेणी बहुमुखी
क्याम्पस, जोगबुडा, डडेल्धुरा
घन्टेश्वर सेती महाकाली
क्याम्पस, डोटी
सीताराम बहुमुखी क्याम्पस, डोटी
जनता बहुमुखी क्याम्पस, अछाम
जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ
बाजुरा बहुमुखी क्याम्पस, बाजुरा
मणिलेक बहुमुखी क्याम्पस, बैतडी
पाटन बहुमुखी क्याम्पस, बैतडी
जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी
गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला
दार्चुला बहुमुखी क्याम्पस, दार्चुला
बडीमालिका क्याम्पस, बाजुरा
साभार -नयाँ पत्रीकाबाट 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय